काठमाडौं। सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले स्थापनाको ७४ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । साताव्यापी विविध खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले असोज ८ गते शनिवार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मानित गरिएकौ थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमकी प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा विद्यालयको वार्षिक स्मारिका ‘नवपालुवा’ समेत विमोचन गरिएको थियो ।

नगरप्रमुख शाहले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जानै विश्वास व्यक्त गरे । यसैगरी विशिष्ट अतिर्थि वं काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाबाट विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गरैकी थिइन् ।

स्वागत भाषणको क्रममा ३ नम्बर वडा का वडाअध्यक्ष प्रेम थापाले विद्यालयलाई इ लर्निङको लागि प्रविधिक सहयोग उपलब्ध गराइएको र विद्यालयमा स्मार्ट ट्वाइलेट निर्माणको लागि वडाबाट थप सहयोग प्राप्त हुने प्रतिबद्धता जाहेर गरे ।

लामो समय शिक्षक, प्रधानाध्यापक रहँदै विद्यालयलाई आजको स्थानसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याएका पूर्व प्रधानाध्यापक दिवाकर दूरदर्शी, शिक्षकको रुमा लामो समय सेवा पुर्याएका पूर्व शिक्षक महेन्द्र प्रसाद पराजुली, लेखा प्रशासनमा रहेर लामो समय सेवा पुर्याएका पूर्व प्रशासक दि.बा.थापा र कार्यालय सहयोगी कालु नगरकोटीलगायतलाई दीर्घसेवाकौ लागि कदरपत्रसहित सम्मानित गरिएकौ थियौ ।

साथै, कार्यक्रममा उनीहरुकौ योगदानको स्मरण तथा चर्चा गरिएकौ थियौ । सम्मानित भएसँगै पूर्व प्रधानाध्यापक दिवाकर दुरदर्शीले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा विद्यालयकौ अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभेच्छा व्यक्त गरैका थिए ।

यसैगरी विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको विगतदेखि वर्तमान अवस्था र भविष्यका योजना तथा लक्ष्यहरु प्रस्तुत गरैका थिए । विद्यालय आगामी दिनमा प्रविधि र जीवनोपयोगी सीपयुक्त शिक्षा दिन क्रियाशिल रहने उनको भनाइ थियो ।

कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, छात्रवृति कोष संस्थापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

विवपुरी मावि हाल तोकिएका भौतिक शैक्षिक तथा प्रशासनिक सूचकहरुमा उत्कृष्टता प्राप्त गर्दै कामनपा वडा नं. ३ को एक नमुना सामूदायिक विद्यालयको रुपमा सञ्चालित छ । हाल विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म करिब १४०० विद्यार्थीहरु अध्ययनरत छन् । अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुँदै आएको छ । विगत दुई वर्षदेखि कम्प्यूटर इन्जिनियरङ विषयको समेत अध्ययन अध्यापन भइरहेको छ । कतिपय सामूदायिक विद्यालयमा विद्यार्थीको अभाव खट्किएको अवस्थामा यस विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई स्थान अभावमा भर्ना गर्न नसकिएको अवस्था छ ।

प्रतिकृया दिनुहोस्