काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई दिँदै आएको दिवा खाजाको भत्ता बढाउने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयहरूमा कक्षा ६ सम्म अध्ययनरत बालबालिकाहरुका लागि दैनिक दिवा खाजाका लागि २५ रूपैयाँ दिने निर्णय गरेको हो । यसअघि दिवा खाजाबापत १५ रूपैयाँ दिइँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्