सिमकोट । कोरोना संक्रमणका कारण बन्द रहेका सिमकोट गाउँपालिका भित्रका विद्यालयहरुमा आगामी माघ १५ गतेबाट पठन–पाठन सुचारु हुने भएका छन् । आईतवार बसेको सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकहरुबिचको बैठकले पठन–पाठन सुरु गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठन पाठन सुचारु भएको बेला सिमकोट गाउँपालिका भित्रका सबै विद्यालयहरुमा पठन–पाठन गर्ने निर्णय भएको बाल मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।

यो समय हुम्लाका विद्यालयहरुमा हिउदे बिदा हुने समय हो । तर यस वर्ष नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै पठन पाठन नभएको र हाल कोरोनाको त्रा कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठन–पाठन सुचारु गर्ने निर्णय भएको होे ।

गाउँपालिकासंगको निर्णय अनुसार अब विद्यालयले पठन–पाठन कार्य कसरी सुचारु गर्ने, विद्यार्थी तथा बाहिर रहनु भएका शिक्षकलाई खवर गरेर पठन–पाठन सुचारु गर्ने व्यवस्था गर्नुपर्नेछ ।

कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा व्यवस्था मिलाएर पठन–पाठन सुरु हुनेछ । सिमकोट गाउँपालिकामा सामुदायीक र संस्थागत गरि २८ वटा विद्यालय रहेका छन् । गत ५ गतेबाट विद्यालय रहँदै आएको भएपनि बिचमा साउन र असोज महिनामा पठन पाठनको प्रयास गरिएको भएपनि कोरोना संक्रमण देखिँदा बन्द भएका थिए ।

प्रतिकृया दिनुहोस्