काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को आयोजनामा अन्तराष्ट्रिय शैक्षिक अन्तक्र्रिया आयोजना हुने भएको छ ।

आज सोमबार ४ बजेदेखि शुरु हुने अन्तक्र्रियामा नेपालबाट पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको सहभागिता रहने जनाइएको छ ।

यस्तै खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्मा, युनिभर्सिटी अफ हाडर्सफिल्ड, बेलायतका प्रोफेसर पदम सिंखडा, हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ता डा. चुडाबहादुर थापा लगायत अन्तक्र्रियामा १५ बढी देशका शिक्षक एवं शैक्षिक सरोकारवालाहरुको सहभागिता रहने आयोजक युएण्टोका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

कोभिड–१९ ले शिक्षा र शिक्षक कर्मचारीमा पारेको असर विषयक अन्तक्र्रियामा विश्वमै कोभिडले शिक्षक, कर्मचारी र समग्र शिक्षक क्षेत्रमा पारेको असर, चुनौती र सिर्जना गरेको अवसरका बारेमा छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्