काठमाडौं । सरकारले अनलाइन शिक्षामार्फत नै शैक्षिक सत्र अगाडि बढाउने भएको छ । अनलाइन शिक्षालाई  शैक्षिक सत्रमा क्रेडिट आवर जोड्ने गरी अगाडि बढाउने सरकारको तयारी छ ।

शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिए ।

अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय शुरु गरिसकेको अवस्थामा अनलाइन मार्फत् शैक्षिक सत्र शुरु गर्नै कुनै समस्या नरहेको प्रवक्ता डा. खतिवडाले बताए ।

सबै ठाउँमा इन्टरनेटको सुविधा पुगिसकेको अवस्था र विधुतीय सुविधा नभएको स्थान र क्षेत्रकान बालबालिकाहरुलाईपनि शिक्षण सिकाइबाट बञ्चित नगर्ने गरी सँगसँगै अन्य वैकल्पिक सिकाइ विधिको व्यवस्थ ागर्न पर्ने भएकाले निर्णय गर्न केही ढिलाई भएको प्रवक्ता खतिवडाले बताए ।

कोही अनलाइनमा पढ्ने र क्रेडिटआवर जोड्दै जाने कोहीको नजोडिने अवस्था आउन नदिने उनले बताए । कतै पढाइ भएर पढाइ सकिने कतै शुरु नै नहुने र कतै आधामात्रै पढाइ हुने अवस्था पनि आउन नदिइने उनले स्पष्ट पारे । यस्तै विषयमा एकरुपता होस् भनेर निर्णय गर्नमा ढिलाइ गरिएको र यस विषयमा चाँडै मन्त्रिपरिषद्ले निर्णय लिने प्रवक्ता डा. खतिवडाले बताए ।

सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी शुरुमा भदौ १५ देखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरेकाले पाठ्यक्रम समायोजनको विषयमा धेरै ध्यान नदिइएको उनले स्पष्ट पारे ।

अहिले तत्काल विद्यालय सञ्चालनको अवस्था नदेखिएकाले अब विद्यार्थीलाई शिक्षकले भौतिक दुरी कायम राखेरै भएपनि सिकाइ निरन्तरता दिनुपर्छ भन्ने निस्कर्षमा सरकार पुगेकाले यसविषयमा चाँडै निर्णय गरिने प्रवक्ता डा. खतिवडाले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्