काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने भएको छ । बोर्ड स्रोतअनुसार (आज) सोमबार साँझ नतिजा प्रकाशित गर्ने तयारी छ ।

बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो । नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्‍ने भन्दै रोकिएको थियो ।

नतिजा प्रकाशन गर्नुअघि अहिले बोर्डको बैठक बसिरहेको स्रोतले जनाएको छ । यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।

प्रतिकृया दिनुहोस्