काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ मा संशोधन भएको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्र लेखेको छ । साथै, मन्त्रालयले निर्देशिका कार्यक्रम कार्यान्वयन पुस्तिकाको अङ्ग भएको स्पष्ट पारेको छ ।

हेर्नुहोस् मन्त्रालयले केन्द्रलाई पठाएको पत्र

विषय : कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ मा संशोधन भएको सम्बन्धमा ।
कोभिड–१९ को कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाहरुको पठन–पाठन अवरुद्ध भएकोले वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न सबै स्थानीय तहहरुमा सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण भएको रकम खर्च गर्नका लागि कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ को अंग हुने गरी पेश भएको आधारका सम्बन्धमा देहायको विषय समावेश गरी स्थानीय तहलाई जानकारी गराउने यस मन्त्रालयको मिति २०७४।०३।१५ मा निर्णय (माननीय मन्त्रीस्तर) भएकोले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ को अंग हुने गरी देहायको विषय समावेश भएको व्यहोरा अनुरोध छ ।

कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ मा थप गरिएको विषय
क्रियाकलाप नं. १.१.२.२४ (विधालयहरुलाई विपद् व्यवस्थापनका लागि अनुदान) मा बुदा नं. क, र ख, पछि ग, थप गरी देहायको विषय वस्तु समावेश गर्ने ‘ग’ कोभिड–१९ को प्रभावका कारण हुन सक्ने शैक्षिक क्षति न्यूनीकरण गर्न सिकाइ निरन्तरताका लागि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका,२०७७ को उद्देश्य अनुसारका क्रियाकलाप सञ्चालन गर्न गराउन सक्नेछ ।

कृष्णप्रसाद अधिकारी
शाखा अधिकृत

प्रतिकृया दिनुहोस्