काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को लिखित परीक्षाको नतिजामा प्राप्त गरेको कुल अंक हेर्ने व्यवस्था गरेको छ ।

आयोगका अनुसार परीक्षार्थीले मोवाइलको म्यासेज बक्समा गएर टिएससी(TSC) टाइप गरी एक स्पेश दिएर प्रवेशपत्रमा रहेको टिएससी एप्लीकेशन आइडी नम्बर टाइप गरी ३१००७ नम्बरमा एसएमएस पठाएर जानकारी लिन सकिने छ ।

यस्तै यो सेवा असार ६ गतेदेखि मात्रै शुरु हुने भएकाले आफ्नो कुल प्राप्तांक हेर्न चाहनेहरुले यही विधिमा असार ६ गते देखि एसएमएस पठाउन सक्ने आयोगले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्