काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनका लागि अनलाइन शिक्षण तालीम दिने भएको छ । संगठनले लकडाउन अवधिभर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको हो ।

यस्तै, देशभर प्रविधिमैत्री १ हजार शिक्षकको रोस्टर तयार गर्ने पनि संगठनले जनाएको छ ।

संगठनको आइतबार बसेको केन्द्रिय समितिको भर्चुअल बैठकले यस्तो निर्णय गरेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

बैठकले तालीम सञ्चालन प्याकेज तयार गर्न संगठनका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराई संयोजकत्वमा  सात सदस्यीय कार्यदलसमेत गठन गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यदलमा संगठनका केन्द्रीय सदस्य देविदत्त पौडेल सहसंयोजक र  माधव महरा दाङ, अन्जु लामा काठमाडौ, सुशील उप्रेती भक्तपुर, राजेन्द्र महरा काठमाडौ र भुवन सुवेदी कास्की सदस्य रहेका छन् । कार्यदलले एक हप्ता भित्र प्याकेज निर्माण गरिसक्ने संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

यस्तै, बैठकले प्रविधिमार्फत् तत्काल अध्ययन–अध्यापन गराउने वातावरण तयार गर्न शिक्षा मन्त्रालयललाई विशेष कार्ययोजना निर्माण गर्न माग गर्ने निर्णय समेत गरेको छ ।

२०७७ बैशाख १४ गते १९:५४मा प्रकाशित

प्रतिकृया दिनुहोस्