काठमाडौं । कक्षा १० पछि प्रवेशिका (एसएलसी) हटाएर पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पुरा भएको छ ।

देशभर एकसाथ चैत ३ बाट सुरु हुने परीक्षा साधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम भएकाले कक्षा १० को परीक्षालाई सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) नामकरण गरिएको हो । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

५ लाख ३८ हजार परीक्षार्थी
परीक्षामा नियमित, आंशिक ग्रेडवृद्धि र एक्जाम्टेड गरी ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । सहभागी नियमित परीक्षार्थीमध्ये २ लाख ३५ हजार ३ सय २ छात्रा छन् । छात्र संख्या २ लाख ३३ हजार ९८ छ । प्राविधिकतर्पm ३ हजार ७ सय ३ जनाले परीक्षा दिने पनिकाले जनाएको छ ।

१ हजार ९ सय २३ परीक्षा केन्द्र
परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष निर्धारण गरिएको छ ।  २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति परीक्षामा खटाइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

१८ वटा परीक्षा अनुगमन टोली
परीक्षा अनुगमनका निम्ति शिक्षा मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली खटिनेछन् ।

अमर्यादित काम गरे परीक्षा रद्द
परीक्षामा अमर्यादित काम गर्ने र गराउने फेला परे कडा कार्बाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनएको छ ।  परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कार्बाही र परीक्षा रद्दसमेत गरिने नियन्त्रक  रेग्मीले बताए ।  परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

२०७३ फागुन ३० गते २३:५६मा प्रकाशित

प्रतिकृया दिनुहोस्