स्कूल लागे हुन्थ्यो नि !

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

कविता 

टीभी कति हेर्नु हो ! टाउकै दुख्यो अब त

फेसबुक कति चलाउनु ! आँखै दुख्यो अब त ।

 

खेल खेल्ने नि ठाउँ छैन यताउति गएर
लुकामारी खेलियो सबैजना भएर ।

 

खालि भित्रै बस्नु छ घुम्न जानै पाइँदैन
एकोहोरो यसरी बस्न मनै लाग्दैन ।

 

किताब कापी थन्किए पढ्नु लेख्नु परेन
स्कूल जाने कपडा पनि देख्नु परेन ।

 

वल्ला पल्ला घरका साथी साह्रै रजाउँछन्
सिट्ठी, मादल, बाँसुरी जे भेटे नि बजाउँछन् ।

 

हल्लाखल्ला गर्दा नि ‘डिस्टब’ भयो भनेर
अर्ती दिन्छन् सबैले ‘बस्नू ज्ञानी बनेर’ ।

 

कति आउँछस् कोरोना ! टाढा भागे हुन्थ्यो नि
दिक्कै लाग्यो अब त स्कूल लागे हुन्थ्यो नि !

प्रतिकृया दिनुहोस्