एक शिक्षकको कविताः कोरोना

Avatar photo

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

बन्द छन् विद्यालय शिक्षक विद्यार्थी घरमा
कोरोनाले शैक्षिक क्षेत्र पर्यो धेरै मारमा
बन्दाबन्दि जताततै दिनभरि घरमा बस्यो
डर त्रास भय चिन्ताले मनमा चिसो पस्यो ।

बालबालिका पढ्थे कति विद्यालयमा रमाई
मजदुरलाई रोजगार छैन् खोसिएको छ कमाई
कताबाट आयो हजुर कोरोनाको कहर
छिट्टै पुरा होओस् हाम्रो पढ्ने लेख्ने रहर ।।

स्वास्थ्यकर्मी सुरक्षाकर्मी स्वयंसेवकलाई
सम्मान गर्नुपर्छ हाम्ले मानवसेवालाई
यस्तो महामारी पृथ्वीबाट छिट्टै अन्त होओस्
कहिल्यै पनि यस्तो विपत्ति फर्केर नआओस् ।।।

माया गरौं प्रकृतिलाई सबै मानवजातीले
सवक सिक्नुपर्छ अब यो अपूरणीय क्षतिले
यो पृथ्वी साझा घर हो सबै जीव मिलिजुली बाँचौं
सहकार्य गरि एकापसमा हाँसौं रमाऊ नाँचौं ।।।।

(शर्मा रणभुवनेश्वरी मावि बिदुर नपा–३ नुवाकोटका शिक्षक हुन् ।)

प्रतिकृया दिनुहोस्