२०७६ मंसिर ६ गते

योग दिवस मनाउन शिक्षा मन्त्रालयलार्इ संयोजक तोकियो

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्रालयलाई संयोजकको जिम्मेवारी दिएको छ ।



मन्त्रिपरिषद्को बुधबारको बैठकले आउँदो २१ जुन(असार ७) मा हुने सो दिवस मनाउन आफूहरुलाई संयोजनको जिम्मेवारी दिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा २०१४ डिसेम्बर ११ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राखेका प्रस्तावका आधारमा सो दिनलाई योग दिवस घोषणा गरिएको हो । रासस

Comments: