काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरू भएको छ । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षकबीच वार्ता जारी रहेको छ ।
मन्त्रिपरिषद् बैठक सकिनासाथ शिक्षामन्त्री मन्त्री रघुजी पन्त र महासंघबीच वार्ता थालिएको हो । वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष एवं आन्दोलिन परिचालन समितिका संयोजक नानुमाया पराजुलीसहितका शिक्षक नेताहरु सहभागी रहेका छन् ।
वार्ता बस्नुअघि महासंघका पदाधिकारी रणनीतिका लागि आन्तरिक बैठकमा जुटेका थिए । शिक्षा ऐन जारीको सुनिश्चिततासहित आफ्ना मागप्रति सरकारको प्रतिक्रियाको आधारमा आन्दोलनको स्वरूप परिवर्तन हुनसक्ने सहअध्यक्ष पराजुलीले बताइन् ।२७ दिनदेखि शिक्षकहरू आन्दोलनमा छन् ।
प्रतिकृया दिनुहोस्