काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन फेरि आह्वान् गरेको छ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निरन्तर सञ्चालन गरिरहेका ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै शिक्षा मन्त्रालयले यथाशीघ्र संवादमा आउननेपाल शिक्षक  महासंघलाई आह्वान गरेको हो।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षक तथा विद्यालय कर्मचारीहरु गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् । शिक्षामन्त्री पन्तले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।

शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताको विकल्प नरहेको पन्तको जिकिर छ । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षामन्त्री  पन्तले  प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूको चासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘विधेयक संसदमा छलफल हुँदैछ, कानुनी प्रक्रिया अनुसार अघि बढ्छ। तर शिक्षकसँग निरन्तर संवाद गरिन्छ।’

संसदको अधिवेशन आजबाट सुरु भएको छ । यहि अधिवेशनबाट विधेयक पारित गराउने प्रतिबद्धता सरकारले गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्