२०७६ कार्त्तिक ६ गते

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व

अन्तैबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन् । विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो ।

विश्वविद्यालयको मुख्य पदकको रुपमा स्थापित स्नातकोत्तर तहको सर्वोत्कृष्ट विद्यार्थीले पाउने चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानान्धर स्वर्ण पदकमा छात्रको अधिपत्य रहन्थ्यो। तर यस वर्ष सो परम्परा तोडेकी छिन् रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले। त्रिविको रामपुर क्याम्पसकी स्नातकोत्तरकी छात्रा श्रेष्ठ प्रथम श्रेणीमा प्रथम भई ९०.८८ प्रतिशत अंक प्राप्त गरी चान्सलर पदक, उत्कृष्ट स्नातकोत्तर विद्यार्थी त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानान्धर स्वर्ण पदक प्राप्त गरेकी छिन्।

पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानको चौरमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा सुलोचनाले तीन वटा पदक प्राप्त गरी गलामा तीन स्वर्ण पदक र हातमा प्रमाणपत्रसहित हर्षित बनेकी सूलोचनाले मिहिनेत गरे अवश्य सफल हुने मन्त्रले साथ आपूm अब्ब्ल भएको सुनाइन्।

३० वर्षीया सूलोचना नेपाल सरकारकी उपसचिव पदमा कार्यरत छिन्। ‘संयुक्त परिवारमा घरधन्दा गरी जागिरे जीवनबाट समय व्यवस्थापन गरेर पढेकी हँु,’ पशु विज्ञानकी विद्यार्थी सूलोचनाले  खुसि व्यक्त गरिन्, ‘महिलाहरु मिहिनेती र क्षमतावान् हुन्छन्। उनीहरुलाई अवसर पाए रहेक क्षेत्रमा अब्बल हुनसक्छन्।’ यसपटकको त्रिविका सबै उच्च पदक छात्राहरुले नै प्राप्त गर्न सफल भएकोमा आफूलाई पनि गर्व लागेको उनले बताइन्।

काठमाडौं वसुन्धराकी सुलोचनाले स्वदेशमै प्राप्त गरेको ज्ञान तथा सीपलाई देशकै उपयोग गर्ने योजना रहेको बताइन्। स्कुलदेखि नै पढाइमा अब्बल रहेकी सुलोचनाले सानैदेखि जनावरहरुसँग लगाव भएकाले आपूm पशुविज्ञान विषय अध्ययन गरिरहेको जनाइन्। सुलोचनाको अनुभव छ, ‘अध्ययनशील व्यक्तिले अपूmलाई समयअनुसार व्यवस्थापन गरी अघि बढ्नुपर्छ।’ परिवारको साथ र नियमित कक्षामा उपस्थितिका कारण आफू अब्बल भएकी उनले बताइन्।सोमबारको दीक्षान्त समारोहमा विश्वविद्यालयले स्नातकोत्तर तहको उत्कृष्ट पदक प्राप्त गर्ने कुल १९ पदकमध्ये १२ पदकमा महिलाको वचश्र्व रह्यो।

दमक बहुमुखी क्याम्पस दमक, झापाकी दुर्गा अग्रवालले एमबिएस परीक्षामा ७५ प्रतिशत अंकमा उत्कष्ट भई नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार प्राप्त गरिन्। २७ वर्षीय दुर्गाले आप्mनो घर परिवार सम्हाल्नुका साथै बुवाको व्यापारमासमेत सघाउँदै पढेको बताइन्। ‘मैले घरपरिवार र बुवाको व्यापारमा सघाउने मात्र होइन शिक्षकाको भूमिका पनि निर्वाह गरेकी हुँ,’ दुर्गाले सुनाइन्, ‘पाएको अवसरलाई उपयोग गर्दै लगनशील र मिहिनेत गर्ने हो भने महिलाले पनि उत्कृष्ट स्थान हासिल गर्न सक्छन्।’

परीक्षा नजिकिँदै जाँदा घोट्टिएर अध्ययन गर्नुभन्दा नियमित अध्ययनले उत्कृष्ट भइने अनुभव छ इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक विजेता अर्की छात्रा अल्का श्रेष्ठको। उनले स्कुल अफ म्यानेजमेन्ट कीर्तिपुरबाट एमबिएमा सर्वोत्कृष्ट अंक प्राप्त गरी स्वर्ण पदक प्राप्त गरिन्। उनलाई परिवारले विदेशमा अध्ययन गर्न जाने दबाब दिए पनि उनले स्वदेशमै अध्ययन गरी अवसर सिर्जना गर्न डटेर लागिन् र सफल भइन्। ‘मैले स्वदेशमै अवसर सिर्जना गर्छु भनेरै नेपालमै अध्ययन गरें,’ अल्का भन्छिन्, ‘सबै ठाउँमा पढाइ उस्तै हो। कलेज र शिक्षकमा मात्र भर परेर अध्ययन पूरा हँुदैन।’ उनको अनुभव छ, ‘अनुसन्धानमूलक र सिर्जनात्मक कृति अध्ययन गर्ने बानीले अब्बल हुनबाट कसैले रोक्न सक्दैन।’ स्नातकोत्तर तहमा मात्र होइन यस पटकको दीक्षान्त समारोहमा स्नातकतर्फ पनि कूल १० पदकमा ५ पदक महिला र ५ पदक पुरुष गरी बराबरी स्थान हासिल गरेका छन्।

‘छात्राहरु स्वभावैले मिहिनेती, इमान्दार र सिर्जनशील हुन्छन्,’ विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेतीले, ‘यसवर्ष अधिक छात्रा उत्कृष्ट हुनुमा सरकारले स्कुलदेखि नै कार्यान्वयन गर्दै आएको लैंगिकमैत्री शिक्षा नीतिले पनि भूमिका खेलेको हो।’ उनका अनुसार यस पटक गत वर्षको तुलनामा १.१५ प्रतिशत प्राविधिक शिक्षामा विद्यार्थी बढेका छन्। विश्वविद्यालयले कक्षामा प्रविधि र अनुसन्धानलाई जोड दिएकाले त्रिविको शैक्षिक स्तरवृद्धि हुँदै गएको उनले बताए।
त्रिवि उपकुलपति तीर्थ खनियाँले त्रिविका ६० आंगिक कलेज र १ हजार ८५ सम्बन्धनप्राप्त कलेजका कुल ७४ हजार २ सय ८४ विद्यार्थी दीक्षित हुने अवस्था रहे पनि आफैँ उपस्थित भई दीक्षीत हुन इच्छुक ९ हजार ५ सय ५ ले मात्र समारोहमा सहभागी भएको बताए।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयबाट दीक्षित भएर बाहिरिएका विद्यार्थीहरु देशभक्तिले ओतप्रोत भई आफूलाई बुझ्ने र समाजलाई बुझ्ने होउन् भन्ने आग्रह गरे। उनले अब विश्वविद्यालयहरु राष्ट्रिय आवश्यकतालाई केन्द्रबिन्दूमा राखेर कुन क्षेत्रमा कति र कस्ता जनशक्ति आवश्यक छ पहिले त्यसको विशिष्टीकरण गरी त्यही अनुसारको शिक्षा उपलब्ध गराउनु पर्ने सुझाए। ‘विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशला मात्रै होइन जीवनको पाठशाला बनाउनु पर्छ,’ कुलपति ओलीले भने, ‘अबको उच्च शिक्षा पढ्ने होइन अनुभूत गर्ने, व्यवहारमा गर्ने, अपनाउने शिक्षातिर जानुपर्छ। विश्वविद्यालय त्यसतर्फ लाग्नुपर्छ।’ उनले विश्वविद्यालयको प्रशंसा गर्दै भने, ‘त्रिविले यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा वल्र्ड र्‍यांकिङमा एक हजारभित्र स्थान हासिल गरेको र प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय सुधारका लागि बधाई दिन्छु।’

रुवी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

Comments: