२०७६ मंसिर ४ गते

बीपी प्रतिष्ठानमा दुई उपकुलपति

अन्तैबाट

धरान । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पश्चात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई उपकुलपति भएका छन् ।

सरकारले फागुन २६ गते उपकुलपति प्रा.डा राजकुमार रौनियरलाई बर्खास्त गरेको निर्णय कार्यान्यन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्रतिष्ठानमा दुई उपकुलपति भएका हुन्।
 
सरकारले रौनियारलाई उपकुलपतिबाट बर्खास्त गरेपछि सोमबार उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा.डा गुरुप्रसाद खनाललाई प्रतिष्ठानकोे निमित्त उपकुलपति नियुक्त गरेका थिए।

बुधबार सर्वोच्चको अन्तरिम आदेश बोकेर प्रतिष्ठान आएका रौनियारले उपकुलपतिको पदभार सम्हालेका हुन्। उनी दर्जनौं सर्मथकको साथमा अविर जात्रा गरेर कार्यकक्षमा आइपुगेका थिए।

उनले सरकारले बर्खास्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदातले अन्तरिम आदेश दिएपछि आफू उपकुलपतिकै हैसियतमा काममा फर्किएको बताए।

सरकारले गलत आरोप लगाई बर्खास्त गरेकाले सर्वोच्चमा रिट दर्ता गरेपछि आफूले न्याय पाएको उनको भनाइ छ। यता स्वास्थ्यमन्त्रीले नियुक्त गरेका निमित्त उपकुलपति खनालले पनि आफूले उपकुलपतिकै हैसियतमा काम गरिरहेको बताएका छन्।

उनले रौनियारले कार्यभार सम्हालेको विषयमा आफूलाई जानकारी नभएको बताए। सर्वोच्च अदालतले चैत १२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।  

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: