२०७६ माघ ९ गते

समयसीमाका आधारमा अस्थायी शिक्षक माथि विभेद नगर्न युएण्टोको माग

 


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएन्टो)ले अस्थायी शिक्षकहरु माथि विभेद नर्गन माग गरेको छ ।


सवैखाले अस्थायी शिक्षकहरुलाई शत्प्रतिशत दरवन्दीमा प्रतिस्पर्धा गराउन साथै, उमेरहदका कारण अवकाश भएका र द्वण्द्वपीडित शिक्षकहरुलाईसमेत सुविधा दिन युएण्टोले माग गरेको हो ।


बिहीबार माओवादी केन्द्रका सांसद तथा नेताहरुसँगको छलफलमो शिक्षक लाइसेन्स नभएका, शिक्षा विषय नभएका तथा तालिम नभएका शिक्षकहरुलाई समेत परीक्षामा सहभागी गराउन साथै, ०६१ देखि हालसम्मका सबै अस्थायी दरवन्दीमा शतप्रतिशत विज्ञापन गराउन माग युएण्टोका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।


युएण्टोले  शिक्षा ऐनको आठौं संसोधनको उपलब्धिलाई संस्थागत गर्दै नवौं संसोधन प्रस्तावमा संशोधन गर्दै पारित गर्नुपर्ने विषयमा जोड दिएको छ ।


०६१ साल यताका शिक्षकहरु बीच विभेद नगरी शतप्रतिशत दरवन्दीमा विज्ञापन गर्नुपर्ने र परीक्षामा असफल भएकाहरुलाई औषधिउपचार खर्च सहित सेवा सुविधा दिनुपर्नेमा विषयमा संशोधन प्रस्ताव हाल्न युएण्टोले सांसदहरुसँग आग्रह गरेको हो ।


साथै,  तत्कालै नियमावली ल्याउन दबाब दिने, अस्थायीको स्थगित परीक्षाको मिति तोक्न पहल गर्ने युएण्टोले निर्णय गरेकोे छ । युएण्टोको दबाबपछि माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री धनीराम पौडेल, कांग्रेस सांसद जीवन परियार लगायतले यसै विषयमा विहीवार नै संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।  

Comments: