• स्नातकोत्तर प्रथम वर्ष भूगोलकोे परीक्षाफल प्रकाशित
    ()

  • काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वैशाख–जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल शुक्रवार प्रकाशन गरेको छ ।

    परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस