• कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
    ()

  • काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय नियन्त्रण कार्यालय बल्खुले  कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल  प्रकाशन गरेको छ ।

    विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो ।

    उक्त परीक्षाको परीक्षाफल  नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।

     

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला