२०७६ माघ १५ गते

'ढुक्क हुनुहोस्, शिक्षा ऐन संशोधन प्रस्ताव पारित हुँदैन'– पूर्व शिक्षामन्त्री तुलाधर


काठमाडौं । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले अस्थायी शिक्षकहरु माथि विभेद हुनेगरी ऐन संशोधन प्रस्ताव संसदबाट कुनैहालतमा पारित नहुने बताएका छन् । संशोधन प्रस्ताव अस्थायी शिक्षकको समस्या समाधान भन्दा बढी राजनीतिकरण गर्ने हेतुले आएको तुलाधरको जिकिर छ ।


नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले राष्ट्रिय शिक्ष दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा पूर्व शिक्षा मन्त्री तुलाधरले भने– ‘ढुक्क हुनुहोस् शिक्षा ऐनको संशोधन प्रस्ताव संसदबाट पारित हुँदैन ।’ २०६१ साल देखि २०६७ सम्मका लाई शप्रतिशत र २०६७ देखि २०७३ सम्मका लागि ६० प्रतिशतमा आन्तरिक विज्ञपन गरेर विभेद गर्न नपाइने उनको जिकिर थियो ।


सरकारले तत्काल अस्थायी शिक्षकको परीक्षाको मिति तय गरे मात्रै केही संशोधन गरेर ऐन संशोधन पारित गर्न सकिने उनको भनाई थियो । वर्षैपिच्छे अवकाशका कारण तीनहजार शिक्षकहरु खाली भइरहेको अवस्थामा त्यहाँ नयाँ जनशक्ति ल्याउन खुला विज्ञपन गर्नुपर्नेमा सरकारले अस्थायी शिक्षकको परीक्षा सारेर त्यसलाई अनिश्चित पारिदिएको उनको आरोप छ ।


सबैखाले अस्थायी शिक्षकहरुलाई समान व्यवहार गरिनुपर्ने माग गर्दै तुलाधरले एउटा राजनीतिक दलक शिक्षकहरुलाई मात्रै फmाइदा पुग्ने गरी समग्र अस्थायी शिक्षकहरुमाथि अन्याय हुन नदिने दाबी गरे ।


१० लाख युवाहरु शिक्षण लाइसेन्स लिएर बजारमा रहेका भन्दै उनीहरु शिक्षा पेशामा आउन आतुर रहेको तुलाधरले बताए । 'अस्थायी शिक्षक समस्या समाधान हुनैपर्ने भएपनि कसैलाई काखा र कसैलाई पाखा गराएर ऐन संशोधन हुँदै हुँदैन ।' तुलाधरले भने ।

Comments: