• प्राविधिक एसएलसीको नतिजा पनि सार्वजनिक (नतिजा सहित)
    ()

  • काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक धार तर्फको एसएलसीको नतिजा प्रकाशीत गरेको छ । परीक्षामा नियमित र इक्जाम्टेड गरी कुल ३ हजार २ सय २६ विद्यार्थी सहभागि रहेका थिए ।


    साधरण तर्फको  एसएलसीको नतिजा सार्वजनिक भएको एकसाताभित्र परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारको नतिजा प्रकाशन गरेको हो ।
    परीक्षामा  सबै भन्दा बढी जिपिए २.८देखि ३.२ मुनि  अर्थात बी प्लस ग्रेड  ल्याउने विद्यार्थीहरु बढी छन् । यो समूहमा कुल १ हजार ९ सय ९६ विद्यार्थी रहेका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए ।


    जिपिए ३.६ देखि ४ मुनी  अर्थात एप्लस ग्रेड मा २ सय विद्यार्थी रहेका छन् । जिपिए ३.२देखि ३.६ मुनि ए ग्रेड ल्याउने विद्यार्थीहरुको सँख्या ७ सय ४ रहेको छ । जिपिए २.४देखि २.८ मुनि समूहमा पर्ने विद्यार्थीहरु ८ सय ६१ छन् । यो बी ग्रेड हो। यसैगरी जिपिए २देखि २.४ ल्याउने विद्यार्थीहरुको सँख्या २ सय १८ रहेको छ । यो सी प्लस ग्रेड हो ।


    जिपिए १.६ देखि २ ल्याउने विद्यार्थीहरु २७ रहेका छन्। यो सी ग्रेड हो भने जिपिए १.२ देखि १.६ अर्थात डि प्लस ग्रेडका विद्यार्थीहरु १ रहेका छन् ।
    परीक्षा नियन्त्रक काप्रिका अनुसार प्राविधिक धार तर्फ एकजनाको पनि डि र ई ग्रेड आएको छैन् । उमेर नपुगेका,थेउरी र प्राटिक्कल मिसिङमा कुल १६ विद्यार्थी रहेका छन् ।

    साधारण र प्राविधिक  दुबै धार तर्फका विद्यार्थीहरुलाई आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे नतिजा प्रकाशनको १५ दिनभित्र विषय पुनर्योगकोलागि निवेदन दिने ब्यवस्था गरिएको परीक्षा नियन्त्रक काप्रिले बताए ।


    इक्जाम्टेट तर्फ ३ विद्यार्थी सहभागि रहेकोमा जिपिए २.८देखि ३.२ मुनी ल्याउने १ र जिपिए २.४देखि २.८ ल्याउने विद्यार्थीहरु १ रहेका छन् ।विद्यार्थीले ग्रेड बृद्धि गर्न चाहेमा मौका परीक्षा साधारणकै जस्तै साउन १४ देखि सुरु हुने र त्यसमा परीक्षा दिन सक्ने ब्यवस्था गरिएको नियन्त्रक काप्रिले जनाए । परीक्षा नियन्त्रण कार्यालयले गतवर्ष देखि प्राविधिक एसएलसीतर्फ ग्रेडिङ प्रणली लागु गरेको थियो ।


    नतिजाका लागि यहाँ क्लिक गर्नुहोला ।