२०७६ भदौ २ गते

अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)


भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले सोमबार पूर्वाञ्चल, मध्यमाञ्चल(दलित र महिला बाहेक) मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको अंग्रेजी र मध्यमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले आइतबार पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक  शनिवार साँझ पाँचवटै विकास क्षेत्रको नेपाली,शुक्रवार पाँचवटै विकास क्षेत्रका गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको थियो ।



आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको थियो भने बिहीवार पाँचै विकास क्षेत्रको विज्ञान विषयके नतिजा सर्वजनिक गरेको थियो ।


आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि आयोगले नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

 

 

 

 

 

1

1

 

Comments: