२०७६ कार्त्तिक ५ गते

चैत्र भित्रै शिक्षक आयोग खुलाउने तयारी


भक्तपुर । शिक्षक सेवा आयोगले चैत्रमहिना भित्रै तीनै तहको लागि शिक्षक आयोग खुलाउने तयारी गरेको छ ।


आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले शिक्षा विभागबाट विवरण आइसकेकाले चैत्र महिनाभित्रै आयोग खुलाउने आन्तरीक तयारी भइरहेको जानकारी दिए ।


'धेरै जसो दरवन्दी विवरण विभागबाट आइसकेको छ । हामी त्यसको अपडेट र तथ्याङ्क भिडाउने काम गरिरहेका छौं । विभागबाट थप विवरण आउने क्रममा छ।' पौडेलले भने,– 'हामीचैत्र भित्रै आयोग खुलाउने आन्तरिक तयारीमा छौं ।'


आयोगले भर्खरै परीक्षाका लागि पाठ्यक्रम तयार पारेको जानकारी दिँदै पौडेलले आयोगले हाल आन्तरिक र खुला विज्ञापनका लागि पद विभाजनको काम गरिरहेको जानकारी दिए ।


अस्थायी शिक्षकको सम्बन्धमा परीक्षा र सुविधा मध्ये के रोज्ने भन्ने प्रकृयामा पनि आयोग खुलेसँगै शुरु हुने पौडेलले स्पष्ट पारे ।


उता, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पनि अस्थायी शिक्षकको व्यवस्थापन र शिक्षक आयोग खुलाउने विषयमा आजै मन्त्रीस्तरीय बैठक बस्न लागेकोले यसबारे अन्तिम टुंगोलाग्ने बताए । 'हामी छिट्टै आयोग खुलाउने तयारीमा छौं ।' पौडेलले भने ।

Comments: