२०७६ कार्त्तिक २ गते

निमावि तहको पुनर्योगको नतिजा सार्वजनिक


काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले निम्न माध्यमिक तहको गणित, गणित विज्ञान, विज्ञान र नेपाली विषयको पुनर्याेगको नतिजा सार्वजनिक गरेको हो ।


प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड क र खण्ड ख को उ.पु. मा दिएको प्राप्तांक र मार्कस्लिप समेतको जोड जम्मा रुजु गर्दा आयोगवाट प्रकाशित लिखित परीक्षाको नतिजामा तात्विक फरक नपरेको समेत आयोगले जनाएको छ ।

Comments: