२०७६ कार्त्तिक २ गते

आयोगमा प्रतिस्पर्धा गर्न आवश्यक न्युनतम योग्यता र आवेदनको समयसीमा परिवर्तन

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा सहभागि हुन आवश्यक न्युनतम योग्यता र समयसीमामा परिमार्जन गरेको छ । आयोगले कार्यरत अवधि, दरखास्त दिने मिति, आवश्यक कागजात लगायतमा पहिले तोकेको भन्दा सुधार गरेको हो ।


आयोगको पहिलेको विज्ञापनले धेरै अस्थायी शिक्षकहरुलाई आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गराएको भन्दै एजुकेशन पाटीले खबर सार्वजनिक गरेको थियो । खबर बाहिर आएसँगै आयोगले पहिलेको केहि व्यवस्थामा परिमार्जन गरेको हो ।


आयोगले पहिले २०७३ असार १५ गते सम्म निरन्तर कार्यरत अस्थायी शिक्षकले मात्रै विज्ञापनमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको भएपनि अहिले सुधार गरेर २०७२ असाजे २ गते सम्म कार्यरतले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको हो ।


त्यस्तै, पहिले आयोगमा प्रतिस्पर्धा गर्न २०७४/०१/१७ गते सम्म र दोब्बर दस्तुर तिरी २०७४/०१/२४ गतेसम्म दरखास्त दिने समयसीमा तोकिएको भएपनि त्यसलाई सुधार गर्दै बैशाख २४ गते सम्म अन्तिम मिति र दोब्बर दस्तुर तिरी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।


साथै, आयोगले पहिले प्रतिस्पर्धामा सहभागि हुन आवश्यक कागजातमा बिस्थापित भई पुनः सोहि पद वा तल्लो पदमा पुनस्र्थापित भएको भए बिस्थापित हुँदाको र पुनस्र्थापित हुँदाको पत्र आवश्यक हुने भनेपनि अहिले अस्थायी शिक्षकले बिस्थापीत भई पुनः पुर्नस्थापित हुँदा जुन तहमा पुर्नस्थापित भएको हो त्यहि पदमा प्रतिस्पर्धा गर्न पाउने नयाँ व्यवस्था गरेको छ ।

Comments: