• शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक
    ()

  • भक्तपुर  ।  माध्यमिक तह स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत महिना लिएका अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।


     नतिजाको पहिलो चरणमा ६ विषयमा १४ जनाको नाम सिफारिस गरिएको  आयोगले जनाएको छ  । जस अनुसार अर्थशास्त्र तर्फ पश्चिमाञ्चलका लागि ६ जना अन्तर्वार्तामा सफल भएका छन् ।

    यस्तै पश्चिमाञ्चलकै शिक्षा विषयमा २, संस्कृत भाषा विषयमा २, बेद विषयमा १ र कृषि विषयमा १ जनाको सिफारिस गरेको आयोगले जनाएको छ । यसैगरी मध्यमाञ्चलमा संस्कृत साहित्य विषयमा १ र सुदूर पश्चिममा १ जना गरी १४ जना अन्तर्वार्तामा सफल भएर सिफारिस गरिएको आयोगले जनाएको छ ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    अन्य बाँकी विषयको नतिजा क्रमैसँग प्रकाशित गर्दै जाने योजना रहेको आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

    अन्तर्वार्तामा सफल उम्मेद्वारले आयोगको वेभसाईटमा आफ्नो जन्म मिति र रोल नम्बर टाईप गरेमा आफूले प्राप्त गरेको अंक समेत हेर्न सक्ने ब्यवस्था मिलाईएको आयोगले जनाएको छ ।

    विभिन्न १४ विषयका ६ सय १२ पदका लागि आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा गत असोज ४ गते देखि सार्वजनिक गर्न थालेको थियो ।  लिखितको नतिजा सार्वजनिक भएसँगै गत कार्तिक १ गतेबाट अन्तर्वार्ता शुरु भएर १२ गते सम्पन्न भएको थियो ।

    1

    2

    3