२०७६ भदौ ६ गते

हेर्नुहोस् निमावितहको नतिजा

भक्तपुर । निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको छ ।  शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो ।आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको छ ।

अब क्रमैसँग अन्य विषयका नतिजा प्रकाशित गर्दै जाने आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । एजुकेशनपाटीसँग कुरा गर्दै आयोगका प्रशासकिय प्रमुख पौडेलले बुधवार देखि अयोगले नतिजा प्रकाशन गर्ने बताएका थिए ।आयोगले निमावि तहका ११ सय १७ रिक्त पदका लागि गत जेठ १० गते विज्ञापन गरेको थियो । परीक्षा भने गत भदौ ११ गते भएको थियो ।

नतिजा हेर्नुहोस्

Comments: