२०७६ भदौ ६ गते

निमाविको नतिजा सार्वजनिक हुन शुरु : पहिलोचरण गणित विज्ञानको नतिजा

भक्तपुर । निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको छ ।  शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो ।आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको छ ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्


अब क्रमैसँग अन्य विषयका नतिजा प्रकाशित गर्दै जाने आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । एजुकेशनपाटीसँग कुरा गर्दै आयोगका प्रशासकिय प्रमुख पौडेलले बुधवार देखि अयोगले नतिजा प्रकाशन गर्ने बताएका थिए ।आयोगले निमावि तहका ११ सय १७ रिक्त पदका लागि गत जेठ १० गते विज्ञापन गरेको थियो । परीक्षा भने गत भदौ ११ गते भएको थियो ।२०६३ बैशाख १० देखि रिक्त दरबन्दीका लागि आयोग खोलिएको थियो ।

देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाले आवेदन हालेका थिए । विभिन्न २२ जिल्लाका ५ सय ८६ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।  आयोगले यस पटकको लिखित परीक्षामा नयाँ व्यवस्था गरेको थियो । प्रश्नपत्रको भाषा, परीक्षार्थीले प्रयोग गर्ने भाषा, उत्तर पुस्तिका र सोधिने प्रश्न, बस्तुगत प्रश्न र उत्तर तथा केन्द्र परिवर्तनका बारेमा नयाँ व्यवस्था गरिएको थियो ।

जस अनुसार नेपाली, अंग्रेजी, संस्कृत व्याकरण र संस्कृत भाषा विषयको प्रश्न सम्बन्धित भाषामा नै र कम्प्युटर विज्ञान, विज्ञान, गणित र गणित विज्ञानको प्रश्नपत्र अंग्रेजीमा र अन्य विषयको प्रश्नपत्र नेपालीमा सोधिएको थियो ।

यसैगरी नेपाली, अंग्रेजी, संस्कृत भाषा विषयको दुवै खण्डको उत्तर सम्बन्धित भाषामा, कम्प्युटर विज्ञान, विज्ञान, गणित, गणित विज्ञान र संस्कृत व्याकरणको खण्ड क को उत्तर नेपाली वा अंग्रेजी वा संस्कृत भाषामा र अन्य विषयको उत्तर नेपाली वा अंग्रेजी वा दुवै भाषामा दिन सकिने आयोगले व्यवस्था गरेको थियो ।

नयाँ पाठ्यक्रम बमोजिम हुने यस पटकको परीक्षामा क र ख दुबै खण्डको पूर्णांक ४०/४० तथा प्रत्येक क्षेत्र समेटिने गरी छोटो वा लामो उत्तर आउने प्रश्न सोधिने र प्रत्येक खण्डको लागि उत्तर पुस्तिका अलग अलग गरिएको थियो । यसैगरी बस्तुगत प्रश्न र उत्तर पुस्तिका छुट्टाछुट्टै दिइने तथा बस्तुगत प्रश्नपत्र परीक्षार्थीले नै लिएर जान सक्ने व्यवस्था गरिएको थियो ।

Comments: