२०७६ कार्त्तिक ५ गते

मावितहको अंग्रेजी विषयको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक सेवा आयोगले माध्यमिक तहको पाँचै विकास क्षेत्रको अंग्रेजी विषयको स्थायी शिक्षक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको दोस्रो चरणको नतिजा  सार्वजनिक गर्नेक्रममा शुक्रबार अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।

आयोगले पहिलो चरण अन्तर्गत  विहिबार पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक गरेको थियो । नतिजा अनुसार पूर्वाञ्चलबाट परीक्षामा सहभागि एक हजार ४९७ मध्ये लिखितमा एक हजार १४३ जना उत्तीर्ण भएका छन् । यस्तै,मध्यमाञ्चलबाट एकहजार ९०३ मध्ये एकहजार ४५४, पश्चिमाञ्चलमा दुइहजार २९६ मध्ये एकहजार ८१४, मध्य पश्चिममा आठ सय ७५ मध्ये ६ छसय ११ र सुदुर पश्चिममा सात सय ३८ मध्ये पाँच सय ३० उत्तीर्ण भएका आयोगका प्रशासकिय प्रमुख लक्ष्मिराम पौडेलले जानकारी दिएका छन् ।

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित


लिखितमा उत्तीर्ण परीक्षार्थीको अन्तर्वार्ता सुदुर पश्चिमको कात्तिक ३ गते, पूर्वाञ्चल र मध्यमाञ्चलको कात्तिक ७ गते र पश्चिमाञ्चल तथा मध्य पश्चिमाञ्चलको कात्तिक ८ गते  आयोगको केन्द्रिय कार्यालय सानोठिमीमै हुनेछ ।

गत असार ४ गते सम्पन्न माध्यमिक तहको परीक्षामा १४ विषयका ६ सय ११ पदका लागि गरेको विज्ञापनमा ४० हजारको आवेदन परेको थियो । जसमा ३८ हजारले परीक्षा दिएका थिए ।

 

Comments: