२०७६ कार्त्तिक २९ गते

विज्ञापन खारेज नगरेको भन्दै शिक्षक सेवा आयोगमा तालाबन्दी


भक्तपुर । विद्यार्थीहरुले शिक्षक सेवा आयोगमा तालावन्दी गरिदिएका छन् । अस्थायी शिक्षकहरुका लागि भएको विज्ञापन खारेज गर्न दिएको २४ घण्टे अल्टिमेटम भित्र विज्ञापन खारेज नभएपछि विद्यार्थीहरुले आयोगमा तालावन्दी गरेका हुन् ।

विहिवार नाराजुलुस सहित शिक्षक सेवा आयोगमा पुगेर विद्यार्थीहरुले विज्ञापन फिर्ता लिन अल्टिमेटम सहितको ज्ञापन पत्र आयोगमा बुझाएका थिए । शिक्षा ऐन संशोधन फिर्ता लिनुपर्ने, शिक्षक विज्ञापन खारेज हुनुपर्ने जुलुससहित त्रिभुवन विश्वविद्यालय र महेन्द्ररत्न ताहाचलमा शिक्षा संकाय अध्ययनरत विद्यार्थीहरु सानोठिमी चोकदेखि आयोगसम्म नारावाजी गर्दै आयोग घेरा उगर्न पुगेका थिए ।


शिक्षा ऐन संशोधन र त्यसअनुसार विज्ञापन गरिएपछि देशभरका शिक्षा संकाय अध्ययनरत विद्यार्थीको सक्रियतामा गत कात्तिक २१ गते विद्यार्थी संघर्ष समिति गठन भई आन्दोलन हुँदै आएको छ ।


आयोगले अल्टिमेटम भित्र विज्ञापन खारेज नगरेकाले आयोगमा ताला लगाइएको विद्यार्थी संघर्ष समितिका कोषाध्यक्ष सुजन काफ्लेले जानकारी दिए ।


७ लाख भन्दा बढी अध्यापन अनुमति पत्र लिएका र लाखौं शिक्षा संकाय पढेका विद्यार्थीको रोजगारी खोस्ने नियतमा ऐन संशोधन भएको आरोप लगाउँदै कोषाध्यक्ष काफ्लेले २४ घण्टा भित्र शिक्षक विज्ञापन खारेज नगरेकाले आयोगमा ताला लगाउन आफुहरु बाध्य भएको बताए ।

 

 

Comments: