काठमाडौँ । शिक्षक सेवा आयोगले आउँदो महिना अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन गर्ने भएको छ । आयोगले अघिल्लो वर्ष विज्ञापन गर्न नसकेको अशिक्षक लाइसेन्सको विज्ञापन साउनमा गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार माविको साउनमा र निमावि भदौमा विज्ञापन गरेर असोज र कार्तिकमा परीक्षा लिने र कार्तिक र मंसिरमा नतिजा प्रकाशन गर्ने छ ।

तालिकामा आयोगले पहिलो चरणमा आन्तरिक प्रतियोगिताको परीक्षा लिन र मात्र खुलाको विज्ञापन गर्ने उल्लेख छ । तालिकामा आन्तरिक प्रतियोगिताको विज्ञापन साउनमा गर्ने, र खुलाको माविको विज्ञापन पुसमा, निमाविको माघमा र प्राविको चैतमा विज्ञापन गर्ने उल्लेख छ ।

त्यसैगरी गत आर्थिक वर्षको सिफारिस हुन बाँकी विज्ञापनको माविको नियुक्तिका लागि सिफारिस माविको पुसमा, निमाविको फागुनमा र प्राविको चैत– वैशाखमा गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्