• निमावि तहको विज्ञान विषयको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)
    ()

  •  

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।

    आयोगले शुक्रवार पाँचौ दिन पाँचै विकास क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले यसअघि नै गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा, कम्प्युटर विज्ञान, सामाजिक, नेपाली र गणित विषयको नतिजा सार्वजनिक गरिसकेको छ । क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

    आयोगले सार्वजनिक गरेको नतिजा अनुसार पूर्वाञ्चलबाट ४७, मध्यमाञ्चलबाट ३२, पश्चिमाञ्चलबाट ५९, मध्यपश्चिमाञ्चलबाट १२ र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट ३ जनाको अन्तिम नामावली सिफारिस गरिएको छ ।


    निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षक पदका लागि कूल ११ सय १७ रिक्त पदका लागि भएको विज्ञापनमा गत भदौ ११ गते भएको लिखित परीक्षामा देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाको सहभागिता रहको छ  थियो ।

    अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले आफुले प्राप्त गरेको कुल प्राप्ताङ्क (लिखित, अनुभव, शैक्षिक योग्यता र अन्तरवार्तासमेत) र अन्तिम नतिजा थाहा पाउन आयोगको वेवसाइट www.tsc.gov.np को Total Marks Publication मा क्लिक गरी नतिजाको क्षेत्र छानी रोल नं. र जन्ममिति सम्बन्धित कोठामा टाइप गरी थाहा पाउने आयोगले जनाएको छ ।