• अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा असार २४ मा, आयोगको पुरानो विज्ञापनमा थपघट
    ()


  • भक्तपुर । अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा असार २४ गते देखि हुने भएको छ । शिक्षक सेवा आयोगले बुधवार परीक्षाको मिति सार्वजनिक गरेको हो । आयोगले यसअघिको विज्ञपनमा समेत केही थपघट गरेको छ ।


    आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि विज्ञपन गरेको थियो । यसअघि तथ्यांक नआएर  बाँकी रहेका जिल्लामा समेत विज्ञपन गरिएको हो ।


    शिक्षा ऐन, २०२८(आठौं संशोधन)को दफा ११ च. (१) को खण्ड ख को प्रतिस्पर्धात्मक वाक्यांशको उपखण्ड (१),(२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन  खोलिएको आयोगले जनाएको छ ।