२०७६ कार्त्तिक ५ गते

निमावि तहको संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।

आयोगले विहीवार चौथो दिन पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा, पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले बुधवार तेस्रो दिन निमावि तहको पाँचै विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको थियो । त्यस्तै, आयोगले  पाँचै विकास क्षेत्रको नेपाली र गणित विषयको नतिजा समेत सार्वजनिक गरिसकेको छ । क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

नतिजा अनुसार पूर्वाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा, पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । संस्कृत व्याकरण विषयमा पूर्वाञ्चलमा १ जना, पश्चिमाञ्चलमा २ जना,  संस्कृत भाषा विषयमा पश्चिमाञ्चलमा १ जना,  कम्प्युटर विज्ञान विषयमा  पूर्वाञ्चलमा १ जना र मध्यमाञ्चलमा १ जनाको नाम सिफारिस गरेको आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षक पदका लागि कूल ११ सय १७ रिक्त पदका लागि भएको विज्ञापनमा गत भदौ ११ गते भएको लिखित परीक्षामा देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाको सहभागिता रहको छ  थियो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले आफुले प्राप्त गरेको कुल प्राप्ताङ्क (लिखित, अनुभव, शैक्षिक योग्यता र अन्तरवार्तासमेत) र अन्तिम नतिजा थाहा पाउन आयोगको वेवसाइट www.tsc.gov.np को Total Marks Publication मा क्लिक गरी नतिजाको क्षेत्र छानी रोल नं. र जन्ममिति सम्बन्धित कोठामा टाइप गरी थाहा पाउने आयोगले जनाएको छ ।

Comments: