२०७६ चैत्र २२ गते

काठमाडौं महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ६ देखि(हेर्नुहोस् तालिका)

इपाटी संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले यसवर्षको आधारभूत तह उत्तीर्ण परीक्षा यही चैत ६ गतेबाट सञ्चालित हुने भएको छ ।

कुनै आकस्मिक विदा पर्न गएमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्व सूचना विना परीक्षा स्थगित नहुने जनाइएको छ । तोकिएको तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था नगरिने स्पष्ट पारिएको छ ।

हेर्नुहोस् परीक्षा तालिका
चैत ६ गते विहीबार अनिवार्य अंग्रेजी
७ गते शुक्रबार अनिवार्य नेपाली/ऐच्छिक अंग्रेजी
९ गते आइतवार अनिवार्य गणित
१० गते सोमबार सामाजिक अध्ययन र जनसंख्या शिक्षा
१२ गते बुधवार विज्ञान तथा वातावरण
१३ गते विहीवार क) नैतिक शिक्षा ख। स्वास्थ्य तथा शारीरिक शिक्षा
१४ गते शुक्रवार  पेशा, व्यवसाय तथा प्रविधि शिक्षा
१६ गते आइतबार मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय


Comments: