२०७६ भदौ ९ गते

यि योग्यता हुनेले मात्रै दिन पाउँछन् शिक्षक लाइसेन्सको परीक्षा

ईपाटी संवाददाता


काठमाडौं । शिक्षक सेवा आयोगले सोमवार शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको छ ।

प्रावि, निमावि र मावि गरी तीनै तहमा पाँच किसिमको विज्ञापन गरेको आयोगले लाइसेन्सका लागि न्यूनतम आवश्यक योग्यताहरु तय गरेको छ ।



विज्ञापनगत आवश्यक न्युनतम शैक्षिक योग्यता


प्राथमिक तहको वि.नं. ३२/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४०० पूर्णांकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको,


निम्न माध्यमिक तहको वि.नं. ३३/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,


माध्यमिक तहको वि.नं. ३४/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, सामाजिक विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,


माध्यमिक तहको वि.नं. ३५/०७६ को लागिः
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र,


माध्यमिक तहको वि.नं. ३६/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३०० पूर्णांकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको,



Comments: