• शैक्षिक क्षेत्रका झिनामसिना कुरा
    ()

  •  

    टीकाराम रेग्मी

    सदा झैं आज पनि कक्षा दशका छात्राहरूको अतिरिक्त कक्षा लिन विद्यालय पुगेँ । हिजो मात्र ठूलै पानी परेकोले आजको जाडो उल्लेख्य नै थियो । हिजोको कक्षामा सिकाएर गृहकार्यको रूपमा दिइएको समाचार लेखन News Story  Writing   को काम विद्यार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिका खोलेर अगाडि राखेका थिए । यसले मलाई तुलनात्मक रूपमा खुशी बनाएको थियो आज ।

     

    I can see almost all of you ready with your homework today. Is it true?


    Yes sir. विद्यार्थीहरूको सामुहिक प्रतिक्रिया थियो यो ।It's great! I'm really happy today. मैले भनेँ ।
    सदा झैं सरर उनीहरूका लेख हेर्ने र पढ्न लगाउने क्रममा घुमेँ । लेखाइ राम्रै थिए । उनीहरूले लेख्नुपर्ने लेख शुरू गर्नुअघि उदाहरणको रूपमा दिइएका दुई/तीन वटा समाचार पढेर मात्र आजको लागि लेख्नुपर्ने थियो । एकजना छात्रालाई उठेर आफ्नो लेख पढ भनेँ । उनी उठिन् तर पढ्नचाहिँ खोजिनन् । Ok, read it as you can. भनेँ । तर पनि उनी तयार भइनन् ।


    What's wrong? Can't you read what you've written? Did you write it yourself ? उनले भनिन् ।


    तर पत्याउने कुनै आधार थिएन । मैले उनको उत्तरपुस्तिका लिएँ र पढेँ । आह ! लेख त मैलै लेख्नेभन्दा राम्रो थियो । मैले त्यसमा भएका एक/दुई लाइन भएपनि पढ्न भनेँ । तर, पढ्न सकिनन् वा खोजिनन् । मैले सरर अन्य केही उत्तरपुस्तिकाहरू हेरेँ । जति लेखिएका थिए लगभग सबैका उत्तरहरू उस्तै थिए । दुई/चारजनाले भने आफ्नै मौलिक तर अत्यन्त धेरै गल्ति लेखी ल्याएका थिए । तर मलाई यिनीहरूसँग खुशी लाग्यो । यी मौलिक लेखकहरूलाई आफ्नो लेखबाट रोजेर कालोपाटीमा एक–एक वाक्य लेख्न भनेँ । उनीहरूले जसोतसो लेख्न थाले ।


    सबै नक्कल गरी ल्याउने छात्राहरूलाई हेरेँ । तर मलाई यी अनुहारहरूमा विद्यार्थी नभएर अर्कै अनुहारहरूको झल्को आयो । हिजो मात्र नजिकैको कपडा पसलबाट एउटा साडी चोरेको आरोपमा एक महिलाले लाजमर्दो गरी शिर निहुँ¥याएर उँभिएको चित्र आँखा अघि झलझली नाच्यो । एक महिना अघि मात्र सुन पसलबाट गहना चोरीको अभियोगमा प्रहरीले पक्रेर लाँदै गरेको नवयुवाको अनुहारको दृष्य पनि नजिकै आयो । गत साल मात्रै त हो नि, मेरो एउटा केही पहिलेसम्मको मिल्ने साथीलाई होटेलमा साथीहरूसँग टन्न खाएर पैसा नतिरी हिँड्न खोज्दा होटलवालासँग भनाभन अनि गोदागोद र अन्त्यमा प्रहरीको फन्दामा परेको घटना र त्यो साथीको अनुहार पनि झलक्क आयो मस्तिष्कमा । मेरो मनले आपैmलाई प्रश्न ग¥यो – चोरी त आखिर जे भए पनि चोरी नै हो नि !


    ती छात्राहरूले पाटीमा लेख्दैथिए, दोहोरिएका वाक्यहरू मेट्दै थिए, जानेसम्मको गल्ति सच्याउँदै थिए । तर मेरो मनस्थिति भने अर्कै संसारमा विचरण गर्दै थियो । खोई किन हो कुन्नी ! एकहप्ता अघि नै देखेको सपना झलक्क आयो अन्य सबै दृष्यहरूलाई ओझेल पार्दै । हुुन पनि, त्यो एउटा सत्य घटना थियो तर सपनामा दोहोरिई आएको यो घटनाले मलाई जिन्दगीमा सबैभन्दा बढी रुवाएको थियो । प्रितम मेरो एउटा मिल्ने साथी । तर अहिले लागु पदार्थ सेवनको कुलतमा निस्कनै नसक्ने गरी फसेको छ । मैले सक्दो प्रयत्न गरेको हुँ, उसका अभिभावकले पनि राम्रै प्रयत्न गरेकै हुन् तर हाल उसको नियति मलाई वा अन्य कोही चिनेजानेको मान्छे भेट्यो कि, अझ खोजी–खोजी भेटेर रुन्चे स्वरमा केही पैसा माग्नु मात्र हुन्छ । दिऊँ ? लाग्छ – झनै बिगार्न दिने ? नदिऊँ ? निन्याउरो अनुहार, रुन्चे स्वर, आँखामा आँशु झर्ला जस्तै छ, नाकबाट त झरिसकेको छ । आफ्नै साथी हो, हिजोको । के मैले अहिले नदिँदैमा उसलाई कुलतबाट जोगाउन सक्छु र मैले ? मन न हो कहाँ थामिन्छ र ? मेरो अगाडि केही पैसा दिनुको कुनै विकल्प थिएन ।


    गत हप्ता एकाएक ऊ मेरोमा आयो । अत्यन्त भद्र अवस्थामा । उसलाई मैले आफ्नै कोठामा लगेँ । मेरो मनलाई सधैंभरी बिझाइराखेको प्रश्न तेस्र्याएँ । प्रितम ! तिमी कसरी त्यस्तो कुलतमा फस्न पुग्यौ, भनन । हामीलाई त यति धेरै चिन्ता भयो तर तिम्रै निम्ति सबै कुरा गुमाउने, तिम्रै प्रगतिको कामना गर्दै, तिम्रै आशामा दिन बिताइरहेका ती वृद्ध बा–आमालाई कति पीडा होला ? प्रितम ! भनन तिमीलाई केले आकर्षण ग¥यो त्यो संसारमा जानलाई ?


    बिभोर, तिमी पनि साह्रै एकोहारो मान्छे हौ, है ? कहिलेकाहिँ त जीवनको रमाइलो पाटोमा पनि आउने गर न ∕ त्यहाँ जीवन कति रमाइलो छ ∕ जीवन पनि यसरी सधैंभरी यति साह्रै गम्भीर भएर चल्छ ? उसले मलाई नै सम्झउँदै थियो तर यति भन्न नपाउँदै अत्यन्त भाव विभोर मुद्रामा भन्यो – विभोर, सुन आज म तिमीलाई मेरो वृतान्त बिस्तारमै भन्छु ।


    कक्षा पाँचको परीक्षा दिई सकेपछि तिमीहरू बसाइँ सरी गयौ । अब मेरो साथी तिमी रहेनौ । तर पनि मेरा दिनहरू राम्ररी नै बित्दैथिए । अब मेरो मिल्ने साथी रवि भएको थियो । एक दिन विद्यालय जाँदै गर्दा उसले भन्यो – प्रितम ! आज स्कूल नजाऊँ न ल । मलाई त जानै मन लागेको छैन । आज मैले गृहकार्य पनि गरेको छैन । तर कहाँ जाने त ? स्कूल नगएपछि त कक्षा छुट्छ नि त । फेरि भोलि के भन्ने नि ? मैले भनेँ । आ... तिमी त साह्रै सोझो क्या ? सञ्चो भएन सर भनिदिउँला नि त, भएन ? उसले ढुक्कसँग भन्यो । म पनि साथीको भनाइका पछि लागेँ ।


    भोलिपल्ट स्कूलमा सरले प्रीतम, हिजो तिमी किन आएनौ ? भनी सोध्नुभयो । मेरो अगाडि एउटा मात्र विकल्प थियो । झुटो बोल्ने । सर, मलाई हिजो सञ्चो थिएन । मैले भनें । ए त्यसो पो ? आज के तिमी सञ्चै छौ त ? ठीक छ, कक्षा छाड्न हुन्न नि अब आइन्दा । सरले मायालु स्वरमा भन्नुभयो । हुन्छ सर । – मैले भनेँ ।

    टिफिन भयो । रविसँग चौरमा डुल्न गएँ । उसले भन्यो – देख्यौ त प्रितम, सरले केही गर्नुभयो त ? तिमी त साँच्चैको डरपोक नै हौ । हिजो कति मजा भयो है । बजार डुलियो । न अनुशासनको झन्झट् न पढाइको ∕ लगभग टिफिन हुने बेला घर पुगियो । आज टाउको दुखेर छिटो घर आएको भनेपछि आमाले पनि गाली गर्ने कुरै भएन । सञ्चो नभएको बेला पढ्न कर लगाउने कुरा पनि भएन । स्कूलमा सरले गाली गर्ने कुरा पनि भएन ।


    केही दिन पछि पहिलो घण्टिमा सरले गृहकार्य देखाउन भन्नुभयो । मैले झोलाबाट उत्तरपुस्तिका निकाल्न खोजेँ । तर पाइनँ । मैले लेखेको थिएँ । झोलामा पनि राखेको थिएँ । म नतमस्तक भएँ । सरले भन्नुभयो – प्रितम ! तिमीले झुटो बोल्न लाग्यौ ? होइन सर, मैले लेखेको थिएँ तर यहाँ छैन । मैले भनें । तर सरले पत्याउनुभएन । त्यस्तै दृष्टिले हेर्नुभयो । मेरो अभ्यासपुस्तिका कसरी बेपत्ता भयो म चकित भएको थिएँ ।


    केही दिन पछि हामी विद्यालय नगइकन बाहिर गयौं । त्यो दिन एउटा साथीले धेरै नै पैसा ल्याएको रहेछ । पसलबाट मीठा खानेकुराहरू किनेर ल्यायो उसले । हामी खाँदै, रमाउँदै डुल्दै रह्यौं । विद्यालय विदा हुने बेलामा घर गयौं । बिस्तारै–बिस्तारै हामी विद्यालय जाने बेला घरबाट हिँड्ने, एउटा साथीकोमा बस्ने, कहिले अर्कै साथीको घरमा बस्ने, साथीले के–के ल्याउँथे, त्यो खाँदा झम्म लाग्ने हुन थाल्यो, बिस्तारै त त्यो चुरोट जस्तो खान नपाएको बेला सबै कुरा गुमाए जस्तै हुन थाल्यो । सबै कुरा गुमाएर भएपनि खानुपर्नेचाहिँ भयो ।


    कक्षा आठमा पुग्दासम्म त विद्यालय, गृहकार्य, समय आदिको सोंच लगभग बन्द भइसकेको थियो । बिस्तारै अन्य साथीहरूले पनि हेप्न थाले, सरको दृष्टि पनि सधैं नै नकारात्मक हुन थाल्यो, जब–जब हामीलाई देख्नुहुन्थ्यो सरहरूले छड्के आँखाले हेर्न लाग्नुभयो । हामी पनि सकभर सर हिँडेको बाटो हिँड्नै छाड्यौं । घरमा आमाबाहरू पनि मेरो निमित्त पराइ जस्तै हुन थाले । पैसा पनि दिन छाडे । नजिक परेको बेला गाली मात्र गर्ने । विद्यालय किन नगएको हो भन्ने । कहिलेकाहिँ त स्कूल गएर सरहरूसँग कुरा लगाउने । उनीहरूलाई पनि देख्नै नपरे पनि हुन्थ्यो जस्तो हुन थाल्यो । अब मसँग केही पाए चोरेर बेच्ने, कसैसँग माग्ने, र जसरी भएपनि लागु पदार्थ किन्नुपर्ने बाध्यता हुन थाल्यो । बरु, ती सबैभन्दा त मेरै साथीहरूले कसैलाई पनि हेपेर बोल्दैनथे, हाम्रो बीचमा मायाको भावना झन्–झन् विकसित हुन थाल्यो । कसिलो बन्दै गयो । विभोर ! यस्तै रहेछ यो संसारको अनुभव । जाँनिदो रहेनछ विभोर, के राम्रो के नराम्रो हो, त्यती बेला । तर विभोर, म त्यो संसारबाट सहजै बाहिरिएँ । म मेरो उज्यालो संसारमा बाँच्छु, विभोर ∕ अब तिमी मेरो निम्ति चिन्तित हुनुपर्ने छैन ।


    ठीक त्यति नै बेला कसैले ढोका खोल्यो । त्यसको आवाजले मेरा आँखा खुले । मैले प्रतिकलाई खोजेँ त्यहाँ ऊ थिएन । मेरो तकिया र ब्ल्याड्ढेट मात्रै थियो मसँग । मेरा आँखाहरू रसाए । म क्वाँ–क्वाँ रोएँ । केही पछि म अवाक् भएँ ।


    मैले मेरा छात्राहरूलाई हेरेँ । उनीहरू आफ्नो काम गर्दैथिए । यी नक्कल गर्ने छात्राहरूको पनि त भोलिको संसार त सहज छैन । मेरो मनमा केही दिनअघि मात्र भएको परीक्षा कोठाको दृष्य पनि फनफनी घुम्यो । म परीक्षाको निरीक्षक थिएँ । मेरोे नजर दायाँबायाँ पर्नासाथ उनीहरूका आँखाहरूले वार्तालाप गर्न थालिहाल्थे । मैले किन ? भन्ने आशयको दृष्टि दिएँ भने खिसिक्क हाँसेर त्यसो गर्नु आफ्नो जन्मसिद्ध अधिकार नै हो कि जस्तो गरेको पाउँछु । अझ कसैले थप उत्तरपुस्तिका मागेको बेला वा कसैले नबुझेको प्रश्न सोधेको मौका परेमा त आवाजको विष्फोट भएझैं गरी सबै एकैचोटी बोल्न थाल्छन्, त्यतिबेला कसलाई मात्र रोक्न खोज्ने ? कसलाई गाली गर्ने ? कसलाई छड्के दृष्टि दिने ? परीक्षा कोठा कोलाहलमय हुन्छ । मलाई लाग्छ ती विद्यार्थीहरूले सोच्दैथिए होला– के गर्ने हुती छ र तपाईंसँग ? सक्नेले चोर्ने त हो नि । चोरेर ल्याएको प्राप्ताड्ढ र मेहनत गरेर ल्याएको प्राप्ताड्ढमा के अन्तर हुन्छ र ? मैले उत्तरपुस्तिकामा लेख्न सकेँ भने तपाईँले नम्बर नदिन सक्नुहुन्छ र ? तागत भए के हँुदैन र ?


    हाम्रो गाउँको एकजना दादाले चोरेरै अझ भनौं धम्क्याएरै कतिवटा परीक्षा उत्तीर्ण गर्न सफल भए । उनी त अहिले शिक्षक मात्र होइन, ठूला–ठूला कर्मचारीलाई निर्देशन् गर्ने स्थानमा छन् । आफ्नो अघि कसैले उनको आलोचनाको त कुरै नगरौं ठाडो आँखाले हेर्न पनि आँट गर्दैनन् । उनलाई कुनै काम गराउन प¥यो भने नीति÷नियमले छुँदैन । उनले बोलेपछि त्यो नै नियम बन्दछ । मैले सम्झेँ, उनकै करामतले एकपटक हाम्रो जिल्लामा रहेका परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा दिन चाहँदैनथे सामान्य विद्यार्थीहरू । उनीहरूको प्रभावले फाइदा पुग्ने विद्यार्थी मात्र त्यहाँबाट सम्मिलित हुने गर्दथे ।


    के यी मेधावी व्यक्तित्वको विद्यार्थीकाल हाम्रा यी जानाजानी चोर्दा आत्मगौरव महशूस गर्ने छात्र–छात्राहरूभन्दा खासै फरक थियो होला र ? आफ्नै शिक्षक, केही समय अघिसम्म यसो गर्नु राम्रो, यसो नगर्नु राम्रो भन्दा कक्षाकोठामा ‘हो सर !’ भन्दै टाउको हल्लाउने छात्रछात्राले साँच्चै कति पालन गर्दा रहेछन् । यो बेला देखिन्छ । आजका यी विद्यार्थीहरू कुनै ठूलो समस्याले ग्रस्त छैनन् । र पनि, यति झुटो बोल्छन् र बेइमानीमा पोख्त छन् । भोलि जब आफ्ना अति टड््कारा आवश्यकताहरूको चपेटामा हुनेछन्, कस्ता हुने होलान् यिनीहरू त्यतिबेला ? यी छात्रछात्राहरूले बनाउने भोलिको समाज कस्तो होला ? यिनीहरू आफै कस्ता होलान् ? यिनीहरूको कामको कौशलता कस्तो होला ? के यिनीहरूको चिन्तन् – बल भएपछि के कुराको खाँचो हुन्छ र ? के प्राप्त गर्न सकिँदैन र ? भन्ने आशयले प्रभावित हुने छैन ? यस्तै प्रसङ्गमा हामी कस्तो जनशक्ति तयार गर्दैछौं ? भन्ने आशयको कुरा साथी–स∙ातिहरूसँग ग¥यौं भने सहज जवाफ पाइन्छ – विद्यार्थी त विद्यार्थी नै हो नि । उसले केही नक्कल गर्न खोज्यो रे । यसलाई अपराधै मान्न हुन्छ र ? यति झिनामसिना कुरामा चिन्ता गर्नुको के औचित्य छ र ?


    अहिले पुनः मलाई मेरो प्रितम, ती साडी चोर्ने महिला, सुन चोर्ने युवा, होटलवालालाई धम्क्याएर खाने मेरो साथीका अनुहारहरू झलझली आए । सोचेँ शुरुमै सच्चिन सकेको भए त मेरो प्रितम आज मसँगै, म चरिरहेको भूमिमै रम्दो हो नि । ऊ आज अरूको कुरै छाडौं, आफैबाट अपहेलित छ । के हामीले सोच्ने बेला भएन र आजका हाम्रा राम्रा मेहनती विद्यार्थी मात्रै भोलिका इमान्दार नागरिक हुनेछन् । भनिन्छ नि, विगत राम्रो आगत राम्रो । आज ढाँटछल गर्ने विद्यार्थी जसोतसो उत्तीर्ण त होलान् नै, तर प्रमाणपत्रले मान्छेको चरित्र निर्माण गर्न त सक्दैन । त्यही चरित्र नै त हो मान्छेलाई पशुबाट फरक पार्न सक्ने तत्व । विद्यार्थी जीवन चरित्र निर्माणकाल पनि होइन र ? हामी कहिले लाग्छौं हाम्रा यी अबोध बालबालिकाको ‘भोलि’ बचाउन ? के बनाउदैछौं हामीले हाम्रा छात्रछात्रालाई ? यिनले भोलिका लागि अपरिहार्य दुबै कुरा गुमाउँदैछन् नैतिक चरित्र र पछ्याउँदै छन् अँध्यारो बाटो, छलछामपूर्ण बाटो र त्यसलाई छोप्न अर्को गल्ति गर्नैपर्ने बाटो । उनीहरूको पढाइको स्तर गिराउने बाटो । अन्त्यमा चाकरी बजाउन वा दादा हुनैपर्ने बाटो ।


    प्रश्न यी विद्यार्थीहरूको मात्र होइन । यो प्रश्न हामी शिक्षकहरूलाई पनि हो । हाम्रो शिक्षण पेशाले व्यावसायिकता ९एचयाभककष्यलबष्किm० कहिले लिन्छ होला ? के हामी नयाँ नेपालका निर्माताहरूबाट केही सहयोग पाउँला ? हामी दशौं वर्ष अध्यापन गरिसकेका शिक्षकहरूको कक्षाकोठामा भर्खरै कलेज पढ्दै गरेको (त्यसमा पनि मानविकी वा विज्ञान वा व्यवस्थापन यस्तै केही शिक्षाशास्त्रबाहेक) छात्र–छात्रा प्रवेश गरेर अध्यापन गर्न लाग्यो भने र हामीले भन्दा राम्रो कौशलता देखायो भने (यस्तै हुने गरेको पनि त छ ∕) हाम्रो दशकौंको अनुभवको अर्थ कहाँ रहन्छ होला ? हाम्रो पेशागत व्यवसायिकताले हामीलाई कुरीकुरी भन्ला कि ? त्यसैगरी, दशौं वर्ष योग्य शिक्षकहरूले चलाएको विद्यालयमा अध्ययन गरेका विद्यार्थीको कस्तो क्षमता हुनुपर्ने हो ? यी झिनामसिना प्रश्नहरूमाथि निधार खुम्च्याउने बेला भयो कि ?

    मसँग अर्को विकल्प थिएन । उनीहरूलाई केही लेख्न त मैले सिकाउनै पर्ने थियो, त्यसैले छोटोमा लेख्ने तरिका सिकाउँदै पुनः भोलिलाई अर्को गृहकार्य दिएँ । खोई, भोलि त जेनतेन आफै गरेर ल्याइदिए हुन्थ्यो । भोलि पनि उही नक्कल आयो भने ? के भर छ र ?


    (चितवन भरतपुरस्थित वाल्मीकि शिक्षा सदनका शिक्षक रेग्मी आर्ट अफ टिचिङ पुस्तकका लेखक हुनुहुन्छ ।)

    साभार:आजको शिक्षा सप्ताहिकबाट