• साविति
    ()

  •  

     

    टीकाराम रेग्मी

    आज ईश्वी सम्वत् २०१६ को अगस्त ७ को दिन । 

    सदाझैँ आज पनि आफ्नोे नियमित अध्यापन कार्यको लागि बिहान १०.१५ बजे १० कक्षाका कमजोर भनी छानिएको वर्गमा प्रवेश गरेँ । तर, कक्षाभित्र प्रवेश गर्नासाथै मन खिन्न भयो । कक्षा अत्यन्त अव्यवस्थित थियो । कुनै बेञ्चमा एक, कुनैमा दुई र कुनैमा तीन छात्राहरू थिए । बीचमा बेञ्च खाली थियो । दायाँतर्फ दुई बेञ्च खाली, बीचमा कुनै पनि बेञ्च खाली थिएन र बाँयाँतर्फ एक बेञ्च खाली थियो । यसरी बसेका छात्राहरू मेरो प्रवेशलगत्तै उठ्दै अभिवादन गरे – Good morning sir. Good morning त मैले पनि भनेँ तर Sit down भनिनँ । बरु, मैले ती छात्राहरूलाई नियालेर हेरिरहेँ । मेरो व्यवहार देखेर छात्राहरू मन नलागी–नलागी दुई–दुईको सङ्ख्यामा बस्न ठाउँ परिवर्तन गरे । मैले Sit down भनेँ ।


    नियमित पढाइ सुरु भयो । हिजो मात्र कक्षामा अभ्यास गराइदिएको छोटो गृहकार्यको प्रसङ्ग निकाल्दैै भनेँ – Please put your writing on the desk in front of you. म सरर कक्षाभित्र ती पुस्तिका हेर्दै घुमेँ । आज उपस्थित ३४ मध्ये ७ जनाले मात्र उत्तरपुस्तिका खोलिराखेको पाएँ । मन पुनः खिन्न भयो ।


    Why didn't you do the homework ? मैले सोधेँ ।
    I was absent, sir. दुईजनाको जवाफ थियो ।
    I couldn't do, sir. एकजनाको जवाफ थियो यो ।
    If you didn't know how to do it well, you would make mistakes, but your notebook looks unmarked. You haven't written a single word ! मैले भनेँ तर उनीसँग यसको जवाफ थिएन । अन्य बाँकी रहेका २३ जना छात्रासँग कुनै जवाफ थिएन । उनीहरू शिर निहु¥याएर बसिरहे । उनीहरूको अनुहारले दुःखी भएको, पछुतो मानेको कुनै आभास भन्दा त्यो घोसे मुन्टोमा नक्कलीपन थियो ।


    गृहकार्य गरेका केही छात्राहरूका उत्तरपुस्तिका उठाएर हेरेँ । सातमध्ये पाँचजनाले खुला रुलिङ् कागजमा लेखेका थिए । लेखाइमा धेरै गल्तिहरू थिए । यो सामान्य कुरा हो । उनीहरूबाट अत्यन्त राम्रो लेख प्राप्त मेरो अपेक्षा थिएन । उनीहरूले जे जान्दछन्् इमान्दारीपूर्वक त्यही लेखून् भन्ने मात्र हो । हाम्रा जस्ता सामुदायिक विद्यालयका त्यसमाथि सबैभन्दा कमजोर छानेर जसरी तसरी उत्तीर्ण गराउने उद्देश्यले राखेको वर्गका छात्रछात्राले शुद्धसँग लेखेको कुनै कुरा पढ्न पाउने आशा त अकल्पनीय नै हुन्छ । तैपनि केही आफैं लेख्न सके भने परीक्षामा उत्तरपुस्तिका रित्तै त हुँदैन । जसोतसो उत्तीर्ण गर्लान् । हाम्रो सोचाइ यही हो ।


    मैले सोधेँ, Is it the first time I have told you about this ? 

    No sir . उनीहरूको जवाफ थियो ।


    सम्भव भएसम्म एक बेञ्चमा दुईजना मात्र बस्ने ।
    अङ्ग्रेजी विषयको कक्षामा नेपाली बोल्न बन्द गर्ने ।
    लेख्दा बायाँतर्फ किनारा छाडी लेख्ने ।


    वाक्यको पहिलो अक्षर Capital लेख्ने र अन्त्यमा (.) र प्रश्न भए प्रश्नवाचक चिन्ह (?) राख्ने ।


    गृहकार्यमा जस्तो जानिन्छ तेस्तै, नक्कल नगरीकन लेख्ने, उपयुक्त कारणविना गृहकार्य नगरेको दिन कक्षामा नबस्ने ।


    हरेक कक्षाको पहिलो दिन – विद्यार्र्थीबीच नेपाली भाषामा सबैले बुझ्नेगरी छलफल गरी बनाइएको हाउस रुलमध्येका केही बुँदा हुन् यी । यी नियमहरू अझै पनि कक्षाको भित्तामा टाँसिएर टुलुटुलु हामीलाई जिस्क्याइरहेका छन्् । तर, यी सधैंजसो देखा पर्ने, सधैंजस्तो सम्झाइएको, श्रुतिलेखनको माध्यमबाट सिकाइएको, गृहकार्यको उत्तरपुस्तिका परीक्षणको बेला सिकाइएका अत्यन्त सामान्य कुराहरू हुन् । ती खुला पानामा लेखिएकै भएपनि कम्तिमा बाँयातर्फ कागजको आकार हेरी एक इञ्चदेखि डेढ् इञ्चसम्म छाडी लेख्न धेरैपटक लगाइएको थियो । उनीहरूका अभ्यास पुस्तिकामा म आफैंले कतिपटक बायाँतर्फ भाँचेर किनारा बनाउन लगाएको छु । तर उनीहरू यी कुरा मान्न तयार छैनन् ।


    हाम्रा यी बालबालिकाले मेरो विद्यालयमा १२ वर्षदेखि अङ्ग्रेजी विषय पढेका छन् । तर एउटा वाक्य राम्ररी बोल्न सक्दैनन, कुनै विषयमा (कण्ठ गरेको बाहेक) चार लाइन लेख्न सक्दैनन् । यस्ता छात्र–छात्राको सङ्ख्या न्यून छैन । आधा भन्दा बढी नै छ ।


    प्रवेशिका ल्याकत परीक्षाको होस् वा प्रवेशिका परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्दा, योभन्दा पनि दयनीय अवस्था देखिन्छ । जति कमजोर विद्यार्र्थीको उत्तरपुस्तिका हात प¥यो उत्ति छिट्टो परीक्षण हुने, मेलो राम्रै सर्ने भयो – भन्दै हलमा गलल हाँस्दै धेरै साथीहरूसँगै बसेर उत्तरपुस्तिका परीक्षण गरेको दृष्य सरर आयो स्मरणमा । मेरो त यो पाँचौ पटक हो परीक्षा दिएको अहिले पनि अनुत्तीर्ण भएँ भने त मेरो अगाडि आत्महत्याको बाटो मात्र बाँकि रहन्छ भन्ने बेहोराको नोट लेखेर रु. १०० देखि ५०० सम्मका नोट नथ्थी गरी पठाइका उत्तरपुस्तिका पनि आँखै अगाडि नाँचे । मन नलागी–नलागी एउटा काम गर्न लगाएँ विद्यार्र्थीलाई । पढाए जस्तो गरेँ आज मैले । मेरो मन अन्तै गयो । आफैंलाई आलोचना गर्दै । आफैंलाई धिक्कार्दै ।


    हिजो मात्रै एक साथीले यही कक्षाका विद्यार्र्थीलाई गृहकार्य नगरेको कारण बाहिर बरण्डामा उँभिन लगाउनुभएको थियो । उनीहरूले भने आफूले गृहकार्य नगरेकोमा पश्चाताप वा गर्न नभ्याएकोमा, नसकेकोमा दुःख मानिरहेका थिएनन् । एक अर्कालाई हेर्दै मुस्काइरहेका थिए । मानौं, उनीहरूले केही राम्रै उपलब्धि गरिरहेका छन् । उनीहरुले सायद खुसी व्यक्त गर्दैथिए कक्षा कोठामा बस्न नपरेकोमा । यही कोटीका विद्यार्र्थीहरू कक्षा बाहिर जान पाएमा सकभर कक्षा प्रवेश ढिलो गर्न चाहन्छन् । किन ढिलो ? भनी सोधियो भने – केही न केही निहुँ त बनिहाल्छ, आखिर बनाउनकै लागि बनाउन त सजिलै हुन्छ ।


    के यी विद्यार्थीहरू आफैं यति ढीट्, अटेर, कमजोर भएका हुन् ? किन विद्यार्थीहरू यति धेरै झुटो बोल्न, बहाना बनाउन, सिपालु भएका छन् ? केले बनायो यिनीहरूलाई आफैंप्रति यति बेपर्वाह ? केले बनायो यिनीहरूलाई यति धेरै उद्देश्यविहीन ? यिनले भोलि बनाउने समाज कस्तो होला ? यिनका सन्तानबाट यिनले के–के अपेक्षा राख्लान् ? कस्तो अर्ति–उपदेश देलान् यिनले आफ्नो सन्तानलाई ?

    यी अनि यस्ता विद्यार्र्थीहरूका अभिभावकहरूले आफ्नो बालबालिकाबाट कस्तो अभिलाषा राखेका होलान् ? के चाहन्छन्् होला आफ्नोे गाँस काटेर बालबालिकाको पढाइमा लगानी गरेका अभिभावकहरूले ? उनीहरुले यी बालबालिकाको भविष्य कस्तो हुन्छ भन्ने ठानेका होलान् ? विद्यालयहरूमा राज्य र समाजको ठूलो लगानी भएको छ । तर, यसको परिणाम यस्तै हुनुपर्ने हो त ?


    हामी शिक्षकहरू आफूलाई योग्य नै ठान्छौं । तालिम प्राप्त पनि छौं । बोल्ने या लेख्ने मौका पाउँदा हामी आफूलाई उत्कृष्ट व्यक्तिको रूपमा प्रस्तुत गर्छौं । तर, हाम्रो कामकोे परिणाम ? राज्यले, समाजले, यी बालबालिकाका अभिभावकहरूले हामीबाट के कुराको आशा गरीरहेका होलान् ? तर, हामीले गरेको कामको परिणाम खोई ? आफैंलाई धिक्कार गर्नुपर्ने काम हामीले गर्दैछौं । खोई के नाकले मैले योग्य शिक्षक ठानुँ आफैंलाई ?


    हाम्रा यी बालबालिकाले कस्तो शिक्षा पाएका छन् – परिवारबाट, समाजबाट, सङ्गतिबाट, हामी शिक्षकहरूबाट ? के हाम्रा यी शिष्यहरूले व्यवहारिक नैतिक शिक्षा पाएका छन्् ? के यिनलाई हामीले कर्तव्यबोध गराउन सकेका छौं ? के यी बालबालिकालाई हामीले मित्रवत् व्यवहार गरेका छौं ? यिनको घरको अवस्था कस्तो होला ? के यिनीहरूले घरमा जीवनको उद्येश्यबारे छलफलको मौका पाएका होलान् ? हाम्रो समाजका को–को मान्छेहरू राम्रा मान्छे हुन् ? यी मान्छे केका निम्ति, के कारणले असल वा ठूला भएका हुन् ? यिनीहरूका के कामहरू समाजको निम्ति उल्लेखनीय भए र यिनीहरू असल मान्छे भए ? के यी – सादा जीवन जिएर, मेहनती भएर, अन्य व्यक्तिलाई सहयोग गरेर, कुनै नमूना योग्य काम गरेर, नमूना योग्य आचरण देखाएर, समाजले अनुकरण गर्नुपर्ने कुनै उदाहरण देखाएर ? के यस्ता विषयमा छलफल गर्ने मौका पाएका छन्् होला ? या भनौं – देख्यौ ?

    फलानाको छोराले अर्कालाई झुक्याएरै भएपनि, धम्क्याएरै भए पनि, छलकपट गरेरै भएपनि, बाटो बनाउन ल्याएको बजेटको ठूलै अंश आफ्नोे भागमा पारेरै भएपनि कति कमाउन सफल भयो, आहा ! कति चलाख ? या दायाँबायाँ दुई चारजना बलवानलाई घुमाउन सक्छ, एक आदेशमा आफ्नोे अभिलाषा पूर्ति गर्न सक्छ । देख्यौ – छोरो हुनु भनेको त यस्तो पो त ?– भन्ने पो सुनेका छन् कि ?


    हाम्रा यी बालबालिकामध्ये कतिले विद्यालय छुट्टी पछि घर आउँदा बाबु आऊ, हातमुख धोऊ, खाजा खाऊ, आराम गर, केही क्षण खेल, आज विद्यालयमा के–के भयो ? क– कसले पढाउनुभयो ? कसले के पढाउनु भयो ? कसले राम्रो पढाउनु भयो ? किन उहाँले पढाएको राम्रो लाग्यो ? आज के तिमीले कक्षामा स्याबासी पायौ ? पाठ्यपुस्तकबाहेक केही नयाँ कुरा पनि पढ्यौ ? गुरुलाई तिमी आफैंले केही सोध्यौ पनि कि ? अन्य के–के कुरामा भाग लियौ ? कुनै खेल खेल्यौ ? नाचगानमा पनि भाग लियौ ? यीबाहेक अन्य के–के भयो ?


    विद्यालयमा पुस्तकालय पनि छन्् ? तिमी पनि आज पुस्तकालय गयौ कि ? पुस्तकालयमा कस्ता–कस्ता पुस्तकहरू छन्् ? तिमीले त्यहाँ बसेर के–के पढ्यौ ? ती पुस्तक केको बारेमा लेखिएका छन् नि ? कुनै पुस्तक घर पनि ल्याएका छौ त ? कुन– कुन पुस्तक राम्रा लाग्छन् तिमीलाई ? कसकसले लेखेका पुस्तक पढेका छौ ? कसले लेखेका पुस्तक राम्रा लाग्छ ? किन त्यस्तो लाग्छ नि ? के तिम्रो पुस्तकालयमा तस्बिरहरू पनि छन् ? क–कसका तस्बिरहरू छन् नि ? तिमीलाई तीमध्ये को–को मन पर्छन् नि ? ती किन मन परेका हुन् ?


    तिमी ठूलो भएपछि के बन्ने मन छ ? किन तिमीलाई यस्तो हुन मन परेको हो ? तिम्रो उद्येश्य पूरा गर्न तिमीले ध्यान दिनुपर्ने कुरा के–के हुन् ? के–के ग¥यौ भने तिमी आफ्नोे उद्देश्य पूरा गर्न सक्छौ होला ? तिमीले असल र ठूला भनेका मान्छेहरू तिम्रो जस्तो उमेरमा के गर्थे होला ? के तिमीले कसैको जीवनी पनि पढेका छौ ? कसको पढ्यौ ? के तिनीहरूले तिमीले जस्तै सुख वा दुःख पाएका थिए ? तिनीहरूको दैनिकी कस्तो थियो होला ? या कुनै गुरुले तिमीलाई यस प्रकारका जीवनी सुनाउनुभएको छ ? किन मान्छेले अर्काको जीवनी मन पराएर पढ्छन् होला ? के तिमी कसैको जीवनी पढ्न चाहन्छौ ? के तिमी पनि अरू मानिसहरूले पनि तिम्रो जीवनी पढून् भन्ने चाहन्छौ ? अर्कालाई आफ्नोे जीवनी पढाउन सक्ने क्षमतामा पुग्छु होला भन्ने लाग्छ तिमीलाई ?


    के तिमीलाई कुनै नयाँ पुस्तक पाए हुन्थ्यो भन्ने लागेको छ ? के तिमी मसँग बजार जान चाहन्छौ ? तिम्रा गुरुलाई सोधेर आऊ है त तिमीले कस्तो पुस्तक पढ्नु उपयुक्त हुन्छ, बजारमा कस्ता पुस्तकहरू पाइन्छन्, भोलि बजार गई किनौंला ल ?


    के हाम्रा यी अबोध बालबालिकाले यस किसिमका वार्तालापमा भाग लिन पाएका होलान् र ? अभिभावकसँगका यस किसिमका वार्तालापले केही अर्थ राख्छ होला । बालबालिकाको व्यक्तित्व निर्माणमा भन्ने भावना कत्तिको विकास भएको होला हाम्रो समाजमा ?


    अभिभावकहरूको पनि त आफ्नै समस्या छ नि । दिनभरीको थकाइ, परिवारको आर्थिक बोझ, भौतिक संसारमा थपिँदा आवश्यकताहरू, तिनको आपूर्तिको जिम्मेवारी, आदि । त्यसैले त होला– फिल्म ‘तारे जमीन पर’को मुख्य पात्र इशानको बाबुलाई किन छोरो विद्यालयबाट विकर्षित छ भन्ने कुराको ज्ञान भएन । त्यसो त, उसको पहिलो शिक्षकलाई पनि त कहाँ भयो र ? आफ्नोे पेशाप्रति नितान्त लगनशील शिक्षक Ram Shankar Nikumbh ले न उसको कमजोरी पत्ता लगायो र इशानले परिस्कृत विद्यार्र्थी बन्ने बाटो देख्ने मौका पायो ।


    अभिभावकहरू पढेलेखेका छैनन् त्यसैले हामीले राम्रो सहयोग पाउँदैनौ भन्ने पनि सोचाइ छ हाम्रो । तर – थ्री इडियट्सको प्रोफेसर भनौं वा (Five Points Someone) को प्रोफेसर Cherian आफ्नोे कमजोर छोराले क्ष्क्ष्त् मा नाम निकाल्न नसक्दा उसले गरेको अपहेलनाको कारणले आत्महत्या गरेको घटनाले बोल्छ – के सबै पढेलेखेका मान्छेहरूमा आवश्यक ज्ञान र विवेक हुन्छ र ?

    शिक्षककै कुरा गर्ने हो भने Hellen Keller लाई नयाँ जीवन दिने मात्र २१ वर्षीय शिक्षक Anne Sullivan को कुरा गरौं वा ब्ल्याक सिनेमाको शिक्षक Devraj Sahai को भूमिका निभाउने (अमिताभ वच्चन) वा कोही किन बर्बाद् होस् नाटककी शिक्षक ‘कमला’ को जस्तै भूमिका निभाउन । हामीलाई लाग्छ – त्यसो त हामीमध्ये कतिले पो सकौंला र ?


    फनक्क घुमेर मेरो मनस्थिति हाम्रै नेपाली चेली झमक घिमिरेमा आएर रुमलियो – जन्मैदेखि आफ्नै बाबुआमाले नै – बरु छिटो मरे त उसले पनि सुख पाउने थिई भन्ने कामना गरिएकी हाम्रो तथाकथित सबलाङ्ग समाजले पूर्णतया अपाङ्ग मानिएकी चेली झमक आज यति धेरै प्रशंसाकी पात्र र हामी जस्ता सबलाङ्गहरूलाई चुनौतीपूर्ण मार्गदर्शन गर्ने साहित्यकार बन्लिन् भनेर कसले पो सोचेको थियो होला र ? तर, यस्तो प्रतिभा सबैमा खोजेर त कहाँ पो पाइएला र । उनले पनि कोही Anne Sullivan वा Devraj Sahai  वा गोविन्दबहादुर मल्ल गोठालेकी कमला को त कुरै छोडौं ँFive Points Someone को Veera जत्तिकै पाएकी भए झन् कस्ती हुँदी हुन् यिनी ? 


    यस्तो लाग्छ – हामी शिक्षक बन्न सकिरहेका छैनौं तर गुरु बनेको अभिनय गर्छौं (ओशो) । हामीलाई आफ्नोे पेशालाई अन्य क्षेत्रका कर्मचारीहरूसँग, हाम्रो सुविधालाई अन्य क्षेत्रका कर्मचारी वा व्यापारी वर्गको आम्दानीसँग तुलना गर्न मन लाग्छ । मालीको पदमा नियुक्ति पाऊँ भनीे निवेदन हालेर कतै हामी अर्कै फाइदाजनक पदको आकांक्षा पो राख्यौं कि ? हामीलाई साँच्चैको शिक्षक बनाउनुपर्ने आवश्यकताको महसूस पनि भएकै छैन कि, अन्यथा हाम्रा राजनेताहरू ज्ञान, सीप र विवेकलाई मान्नुपर्ने योग्यताको मापदण्ड पार्टीप्रतिको बफादारीले पाउँदैनथ्यो कि ? या कतै हामीले राजनेता नै पो पाउन सकेका छैनौ कि ? यसो भनिँदो रहेछ – A politician thinks of the next election, a statesman thinks of the next generation.  एउटा राजनीतिज्ञले आउँदो चुनावको बारे सोच्दछ तर एउटा राजनेताले आउँदो पिंढीको बारेमा साेंच्दछ । हाम्रो भागमा कतै यस्तै अभिशाप मात्र परेको त छैन चुनावै मात्र खोज्ने ?


    तुरुन्तै मेरो मस्तिष्कको पाना पल्टियो । मोबाइलको स्क्रिनमा तस्बीरहरू डिस्प्ले भएभन्दा कता हो कता छिटो मेरो मनका पानाहरू पल्टिए–गत हप्ता मात्रै एउटा बालकलाई चिरुवा दाउराले हान्न खोज्दै गरेको एउटा बाबुुको तस्बिर नाच्यो मेरो अघिल्तिर । बालक विद्यालयबाट घर पुग्दा बाबुआमाका बीच चर्को झगडा चलिरहेको–दिनभरी थाकेको बालक घर पुग्दा बाबुआमाको झगडा देखेर निन्याउरो हुँदै झोला फालेर बाहिरिएको दृश्य आयो । दिनभरिको ज्यालाले हिजो र अस्तिको उधारो तिरेर आजको खर्च जुटाउन नसकेको बाबुको अगाडि उँभिएर–बा भोलि त किताब किनी दिनै पर्छ है, फि पनि लैजानु पर्छ, भन्ने बालकलाई – तँ मेरो उस जन्मको साहु होस्  भन्दै गरेको दृश्य आँखामा झुल्क्यो र गाली कानैमा ठोकियो ।


    मैले पुलुक्क सबै छात्र–छात्रालाई हेरेँ । उनीहरुले भर्खरै मैले दिएको काम गर्दैथिए । तर, सकभर आफ्नोे क्षमताको भरपूर प्रयोग गर्नुभन्दा साथीको लेखाइबाट केही लिन सकिन्छ कि भन्ने भावनाले यता उता गर्दै गरेको देखेँ । मेरा आँखा रसाए । गत हप्ता मात्रै यी नानीहरूका बुवाआमा, केही दाजुहरूले भन्दै गरेको दृश्य पुनः नाच्यो मेरो अघिल्तिर अहिल्यै जस्तो गरेर – हामी जे जति लागे नि फि तिर्न तयार छौं बरु नखाउँला, नलाउँला – तर हाम्रा बालबालिकाले एसएलसी पास गर्नै प¥यो भन्दै गरेको याचना मेरो कानमै ठोक्कियो । आदरणीय खप्तड स्वामीले साँच्चै भनेका हुन् – हाम्रो मन कति छिट्टो यात्रा गर्दछ (विचार विज्ञान) । तर ती साक्षात् नानीहरूले आफ्नोे अवस्था त मलाई प्रत्यक्ष देखाइरहेकै छन्, आँखै अघि ।


    म आफैंमा अनुत्तरित भएँ । के गर्न सक्छु र मैले । के मैले यो तासको घरलाई बसन्त रितुको शीतल हावाको सामान्य झोक्काबाट मात्र पनि ठाढो राखीरहन सक्छु ? म आफैं ढुक्क छैन । म ती अभिभावकहरूलाई दिने जवाफ पाइरहेको छैन । बाह्र वर्षदेखि हामीले पढाएको विद्यार्र्थीको सिकाइमा म गर्व गर्न सक्दिनँ । उनीहरूलाई मैले सिकाएको विषयमा, सीपमा दक्ष बनाउन सकिरहेको छैन । दक्षताको त कुरै छाडौं, जेनतेन परीक्षामा उत्तीर्ण बनाउन पनि सक्छु कि सक्दिनँ ? म ढुक्क छैन । उनीहरूको आनिबानीमा ल्याउन सकिने सकारात्मक परिवर्तनको कुरा त परै जाओस् ।  


    मनको पाटो न हो । पुनः मेरो मस्तिष्कको अर्कै पानो पल्टियो–किन हाम्रा अभिभावकहरूलाई आफ्नो बालबालिकाको पढाइको चिन्ता प्रवेशिका परीक्षाको लागि मात्र हुन्छ ? किन उहाँहरू आफ्नो बालबालिकाको साँचो सिकाइको निम्ति चासो राख्नु हुँदैन ? उनीहरुलाई सिकाउन सके त हामीले उत्तीर्ण बनाउनै पर्दैन नि भन्ने कुरा उहाँहरूलाई बुझाउनै सकिएन कि ? कोसिसै भएन कि ? दश कक्षाभन्दा तल्लो कक्षामा रहँदासम्म किन शैक्षिक स्तरको कुरा गर्नु हुँदैन उहाँहरू ? किन हामी विद्यालय सञ्चालकहरू, शिक्षकहरू आफ्नो अभिभावकहरूको ध्यान यो दिशातर्फ तान्न सकिरहेका छैनौं ? के हामीसँग योजना मात्र पनि छ त ? अहँ, छ जस्तो लाग्दैन । त्यसो गर्नलाई हामीसँग समय नै छैन जस्तो लाग्छ । अझ यस्तो लाग्छ – यो काम हाम्रो दायित्वभित्रै पर्दैन । या नदुखेको टाउको डोरी लगाएर दुखाउने – सोच्छौं कि हामी ?


    हामी हाम्रा विद्यार्र्थीहरूको कमजोरीमा हाम्रो दोष देख्दैनौ । अभिभावकहरूसँग के–के गर्न सकिन्छ भन्ने ज्ञान या अनुभव नहुन पनि सक्छ तर हामी शिक्षकहरू त कम्तिमा यही कामको निम्ति तलब खाएका छौं, हाम्रो रोजिरोटी चलाएका छौं, हामी र हामीजस्तै ठूलै सङ्ख्यामा रहेको शिक्षा क्षेत्रको कर्मचारी तन्त्र कमजोरी जती सबै विद्यार्र्थी र अभिभावकको टाउकोमा पन्छाएर हामी पन्छिन् मिल्ला र ? कठै ! हामी जिम्मेवार पदमा बसेर कति बालबालिकाको सम्भावित क्षमताको सदुपयोग गरी होनहार वासनादार नागरिक बन्न सक्ने कोपिलाहरूलाई कोपिलामै दुर्गन्धित पारेका छौं । केही क्षण अघिसम्म विद्यार्र्थीप्रति रीसले छड्के भएको मेरो दृष्टि एकाएक स्नेहात्मक भयो, साँच्चै यी बालिकाहरूलाई यो अवस्थामा ल्याउन मेरो पनि त हात छ नि ! धेरै थोरैको मात्र त हो नि फरक । धिक्कार छ ! मेरो योग्यता, तालिम र अनुभवलाई । मनमनै भनेँ –

    Dear children I'm more responsible to bring you at this point than your parents.  समय सकिएछ । अर्को साथी ढोकामा आइपुग्नु भएछ । म पनि कक्षाबाट बाहिरिएँ । अस्तु ।


    सन्दर्भ–सामग्री
    विचार विज्ञान – श्री १००८ परमहंस स्वामी सच्चिदानन्द सरस्वती (खप्तडबाबा)
    हिन्दी सिनेमा – ब्ल्याक
    हिन्दी सिनेमा – तारे जमीनपर
    हिन्दी सिनेमा – थ्री इडियट्स्
    एजुकेसनल फोरम – फोरम प्रकासन, पहिलो अड्ढ
    शिक्षामा क्रान्ति – ओशो

    Biography of Helen Keller - www. google.com. np

    Five Points Someone - Chetan Bhagat

    Positive Discipline –  www. google.com. np 

    Parent Education -          www. google.com.np