• सनातन धर्म, रूपान्तरित धर्म र हाम्रो शिक्षा
    ()


  • – टीकाराम रेग्मी

    म निदाइरहेको थिएँ । आमा बिहान सबेरै उठ्नुभयो । कसैलाई नउठाई, नबोलीकनै एक हातमा एउटा सानो गाग्री र अर्को हातमा आफ्ना फेरफारका कपडा समात्दै बाहिरिनुभयो । केही क्षणपश्चात् उसैगरी तर एक हातमा भिजेका कपडा र अर्को हातमा पानीले भरिएको गाग्री लिई आउनुभयो । अनि मात्र मलाई बोलाउनुभयो । ‘आमा, तपाईँ उठेर पनि मलाई नउठाइकनै किन जानुभयो नि धारोतिर ?’ मैले सोधेँ ।


    ‘आज त सोमबारे औंशी हो नि । ननुहाइकन बोल्नु हुँदैन नि बाबा ।’ मलाई यति भनी उहाँले तामाको अम्खोरामा आफैले बोकी ल्याएको गाग्रीबाट केही पानी (आमाको भाषामा जल) भर्नुभयो । त्यो अम्खोरा उठाउनुभयो र पूर्वतर्फ फर्केर बिस्तारै सानो धारो पारेर खन्याउनुभयो । उत्तिखेरै त्यो अम्खोरालाई पानीले भर्नुभयो र केही थुङ्गा फूल त्यही अम्खोरामा राख्नुभयो, र राख्नुभयो केही लक्ष्मी, सरस्वती, गणेश, ब्रम्हा, विष्णु, महेशका साना–साना फोटाहरू सजाइएको भित्ताको तल रहेको फलेकमा । बत्ती बाल्नुभयो । के–के फलाक्नुभयो । घण्टी बजाउनुभयो । नातिनी करुणा अघि–पछि छुनुमुनु गर्दै हिँड्दै थिई र भन्दैथिई, ‘खोई त मलाई टीकी ?’ आमाले भन्नुभयो, ‘ल ल पख् न, पहिले भगवानलाई अनि तँलाई ।’


    पूजा के सिद्धिएथ्यो, आमाको हात नातिनीको निधारमा पुग्यो, अनि शीर खुट्टामा । त्यस पछि मेरो पालो आयो–टीका लगाउने । तर, मैले भने मुख धोएको पनि थिइनँ । भन्नुभयो, ‘हेर अझै मुख धोएको छैनस् ? मुख नधोइ त मैले टीका लगाइदिन्न बाबै ।’


    अब त नातिनी पनि हुर्की । स्कूल जान्छे । फुर्सद पायो कि हातमा एउटा गोलाकार ढुङ्गो समाउँछे, पल्लो घरकी साथीलाई बोलाउँछे, मन्दिरतिर दगुर्छे, पातीको पात हातका समाउँछे, नमस्तेका हत्केलाहरू निधारनेर पु¥याउँछे र फुत्त फाल्छे मन्दिरभित्र र फाल्छे हातको ढुङ्गालाई मन्दिरको आँगनमा । एक खुट्टाले उफ्रँदै ढुङ्गोलाई एक कोठाबाट अर्को कोठातिर फुत्त–फुत्त धकेल्छे । उनीहरूले नै राखेको नियम तलमाथि भयो कि उसकी साथीले भन्छे, ‘लौ तिमी म¥यौ । अब, मेरो पालो ।’


    घर आउँदा, पाहुना आएका रहेछन् । आमाले भन्नुभयो, ‘नानी, लौ गङ्गाजीको जल ।’ करुणालाई त्यो जलको अर्थ कुन्नी कति थाहा थियो ? उसलाई जल खाइदिए वापत् हात पर्ने चिनी मिठाइको स्वाद त्यो जल शब्दसँग ‘कन्डिसनिङ’ भएको थियो । ऊ दगुर्दै आई । जल थापी, शिरका चुहाई । सुरुप्प पारी । तिनै तस्बिरतिर फर्केर हात जोडी । आमाले मिठाइका दुईटा साना डल्ला हातमा राखिदिनुभयोे, उसले मुखमा राख्दै पिँढीबाट फुत्त आँगनमा झरी र दगुरी साथीको तिर ।


    हिजोआज करुणा आधुनिक युवती भएकी छे । तैपनि, आमाले लगाइदिए टीका पनि लगाउँछे, मन्दिर पनि पस्छे, हात जोडि पनि हाल्छे, टीका पनि लगाइदिन्छे तर खोजी–खोजी केही गर्दिन । नाच्ने÷गाउने अनुकूलता हुने, पूजाआजा, तीज, विवाह आदिमा रमाएर जान्छे, नाच्छे । सङ्गीसाथीसँग बजार पनि जान्छे, खाजामा के खाने र के नखाने छैन उसलाई । उसका सबै जाति र धर्म मान्ने, धेरै भाषा बोल्ने साथीहरू छन् । उनीहरूका घर जान्छे, जे–जे पाकेको छ त्यही त्यही खान्छे, उसलाई रोजीछोडी केही छैन । कसैले तिम्रो धर्म के हो नानी भनी सोधे भन्दिन्छे – हिन्दू वा स्कूलमा शिक्षकले हिन्दू जतिले हात उठाऊ भनेको बेला उठाइदिन्छे । त्यहाँ केही छैन औपचारिकतामा निभाउनुपर्ने । औपचारिकता के हो, अनौपचारिकता के हो उसलाई त्यसको पनि कुनै चासो नै छैन । उसलाई मन लागेको बोलिदिन्छे, मन लागेको गरिदिन्छे ।


    मृदुला उसकै साथी हो तर हिजोआज उसको दैनिकीमा भिन्नता आएको छ । समय तालिकाले समाउँछ उसको लगाम । दर्शनले निर्देश गर्दछ उसको बोली, अनुशासनले चलाउँछ उसका पाइला । कति बेला उठ्ने, कति बेला नुहाउने, कति बेला फूल टिप्ने, कति बेला ध्यान कोठा सजाउने, कति बेला ध्यान गर्ने, आगन्तुक स्वागत कसरी गर्ने, कुन स्तरको मानिसलाई कसरी शिष्टाचारयुक्त बोली र व्यवहार गर्ने, सबै कुरा प्रष्ट छन् । उसको मनमा के छ, अड्कलको कुनै अर्थ छैन, जे छ त्यो उसको बोली र व्यवहार नै हो । त्यहाँ कुनै कुरा अनौपचारिकता छैन । उसका साथी पनि स्वचालित छन् ऊ जस्तै । सबै औपचारिक । सबै शिष्ट । सबै उद्देश्यप्रति सजग । जीवनप्रति सजग । कर्तव्य प्रति सचेत । कहीँ भेट्नु भएछ भने यिनलाई तपाईँले, मुस्काउँदै भन्छिन्, ‘ॐ शान्ति !’ र, नअह्राई भनाउँछिन् – ॐ शान्ति । तपाईँलाई पनि ।


    करुणा र मृदुला दुबै हाम्रै छोरी हुन्, बहिनी हुन्् । उनको उद्गम, वृद्धि तथा विकासस्थल यही माटो हो । यिनले टेकेको पहिलो पाइलो यही थियो । यिनको प्यारो शब्द आमा एउटै थियो । अनि मात्र भएका हुन् ममी, माता वा माते । यही धुलौटे बाटो नै त थियो यिनीहरूलाई ताते गराउने । यही त हो नि हावा यिनलाई श्वास फेराउने । तर किन हुन्छ यिनको पाइला फरक ? किन हुन्छ यिनको बोली फरक ? किन हुन्छन् यिनका शब्द फरक ? किन हुन्छन् यिनका हेराइ र चलाइ फरक ?


    जवाहरलाल नेहरुले आफ्नी छोरीलाई लेखेको एउटा चिठ्ठीमा सन्तानोत्पादन र तिनको विकासक्रमको बारेमा एउटा उदाहरण पढेको थिएँ लगभग बयालिस त्रिचालिस वर्ष पहिले । एउटा माछाले आफूले कहाँ–कहाँ फूल पा¥यो, ती कहिले परिपक्व बने र भुरामा कोरलिए, कति भुराले कति लामो जीवनको अचेतन (हाम्रो सोचाइमा) आनन्द लिए होलान् उसलाई कुनै खोजी भएन, बिचरा अभिभावक ! बिचरी आमा ! ती पारिएका फूलहरूमध्ये कति प्रतिशत चेपागँडाबाट माछामा रूपान्तरित भए होलान्, कति त्यही पानीमा आफ्नो जीवन उत्सर्ग गरे होलान्, अनि ती माछामा रूपान्तरित चेपागाँडाहरूमध्ये कति बाँचे होलान् र कति कुन समय आफूभन्दा ठूलो माछा वा सार्कहरूको आहरा भए होलान्, कति लामो समय बाँचे होलान् ? तर त्यस्तै जङ्गली जनावर हात्ती, गैंडाहरू आफ्ना बालबच्चालाई दुध चुसाउँदै सुरक्षा दिँदै हुर्काउँदै गरिएका छावा वा केटा केटीहरूको बालमृत्यु दर कति प्रतिशत थियो होला ? नेहरुले सड्ढेत गरेको यो भावनात्मक तथ्यलाई हामीले कहिले आत्मसात गरौंला ? अनि हामीले उही काखमा हुर्काएका दुई नानीहरू – करुणा र मृदुलामा कतै तिनै माथिका उदाहरणमा पो मिल्न खोजेका हुन कि !


    सुनिन्छ, भोगिन्छ बाली विज्ञहरू एक पछि अर्को नयाँ खाद्यबाली उत्पादनका निम्ति लागि परेकै छन् र यहाँसम्म कि भनिन्छ, बन्दाको जरालाई मुलाको रूपमा उत्पादन गर्न सफल भए भने आश्चर्य नमान्दा हुन्छ । यो नियमित सोंच र प्रयोगको परिणाम त होला । असम्भव कसरी मानौं सत्तरीको दशकताका खाद्यान्न सड्ढट आउला जस्तो भएको भारत इन्दिरा गान्धीको दूरदर्शी सोंचको उपज हरित क्रान्तिको परिणाम के भएको छ ? त्यति मात्र होइन, त्यसै दर्के पानीको बाछिटाको उपज हुनसक्छ हाम्रै मुलकको खाद्यान्न उत्पादन माछाकै अण्डोत्पादनकै ढाँचा भएपनि केही वृद्धि देखिन्छ । तर, किन देखिन्न शिक्षामा यसको असर ? किन आएन त्यो दिन ? यी दुबै दिदीबहिनी करुणा र मृदुलामा रहेका मीठा, रसिला, स्वादिला र पोषिला तत्व मिलाएर तेस्री नानी जन्माउने, हुर्काउने र बढाउने स्वप्न ?


    तपाईँ हामी सचेत छौं यो उत्तीर्ण प्रतिशत वा विशिष्ट वा प्रथम श्रेणी र द्वितीय श्रेणीले वास्तवमा विद्यार्र्थीका रहेको विद्वताको मापन गर्न सक्दैन, उसमा रहेको सिर्जनशीलताको मापन गर्न सक्दैन । यसको एउटा ज्वलन्त उदाहरण – श्री सत्यवती उच्च माध्यमिक विद्यालय धादिङका शिक्षक मित्र श्री सीताराम सिलवालजीले एकदिन फेसबुकको पातोमा एउटा मन छुने घटना शेयर गर्नुभएको थियो । एउटा बाह्र कक्षाको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीले आफ्नो प्रमाण–पत्र लिन सानोठिमीसम्म जानको लागि कम्तिमा चार पटकसम्म आफ्नो शिक्षकलाई फोन गरेको दृष्टान्त राख्नुभएको थियो ।


    तर पनि कुनै न कुनै मापदण्ड त चाहियो नै परीक्षा हुने भए पछि । वि.सं. २०७१ को प्रवेशिका परीक्षाको परिणामतर्फ यसो दृष्टि दिँदा जम्माजम्मी उत्तीर्ण ४७.४३ प्रतिशतमध्ये कति करुणाहरू र कति मृदुलाहरू परे होलान् ? सामुदायिक विद्यालय तर्फबाट सहभागी ३,०२,३९९ विद्यार्थीमध्ये उत्तीर्ण हुने १,००,३४२ अर्थात् ३३.८८ र संस्थागततर्फका १,०२,९३९ मध्ये उत्तीर्ण हुने ९१,९२५ अर्थात् ८९.३० देखिन्छ । यो नतिजा गत वर्षको सामुदायिकतर्फ २८ प्रतिशत र संस्थागततर्फ ९१ प्रतिशत हुनुले यो वर्ष सामुदायिकको केही प्रगति र संस्थागततर्फ केही घटेको देखा पर्छ ।


    हाम्रो देशमा मात्र ३२ प्रतिशतलाई उत्तीर्ण प्रतिशत मानिएको छ, जुन पूर्णाड्ढको एक तिहाइभन्दा पनि कम हो । प्राथमिक तहमा निरन्तर मूल्याड्ढनको व्यवस्था पनि छ । प्रवेशिका परीक्षाको उत्तरपुस्तिका परीक्षणको क्रममा परीक्षकहरू परीक्षार्थीलाई के निहुँमा कसरी अड्ढ दिऊँ भन्ने चिन्तामा रहन्छन् । २४ आए उत्तीर्ण हुने अङ्ग्रेजीको उत्तरपुस्तिकामा १८ सम्म अड्ढ प्राप्त गरेका उत्तरपुस्तिकालाई दोहो¥याई तेहे¥याई म आफैले कतिपटक हेरेको छु र पाएको छु उत्तरपुस्तिका परीक्षण गर्ने सबै शिक्षकहरूको यही व्यथा । यो अवस्थालाई पनि ध्यान दिने हो भने अहिलेको परीक्षा प्रणालीकै आधारमा पनि परीक्षकहरूको दया हटाइदिने हो भने असफल हुने विद्यार्थीको संख्या अझै कम्तिमा पाँच प्रतिशतले बढ्नेछ ।


    हामीले देखेका छौं जुग–जुगदेखि कपडाको सिलाइमा आफ्नो गुजारा चलाउँदै आउनुभएका हाम्रा दमाईं दाजूभाइहरूका सिलाइकक्षहरू प्रायः सुनसान देखिन्छन्, जुगौंजुग जुत्ता सिलाएर आफ्नो गुजारा चलाउँदै आउनुभएका हाम्रा सार्की दाजूभाईको कारखाना पछि परेको छ, त्यसैगरी हँसिया कोदालो जस्ता कृषि औजार बनाइदिएर संसार पाल्ने कृषि उत्पादनका आधारभूत हातहरूका आरनहरू हिजोआज शून्यप्रायः देख्नु पर्छ । तर तिनै पेशालाई तुच्छ मान्दै, तिनै सिपालु कालिगढहरूलाई अछुत मान्दै आएका अन्य जातिका दाजूभाई दिदीबहिनीहरूले चलाउँदै आएका सिलाइ कक्ष होऊन् वा जुत्ता कारखाना या आइरन इन्डष्ट्रिजहरूले राम्रो बजार लिएका छन् । बाहिरबाट हेर्दा धनाढ्य पनि भएकै छन् । हिरामोती तथा सुन चाँदीको कारोबारमा समेत अन्य जातिका मानिसहरूको बाहुल्यता पाइन्छ । मेरो मस्तिष्कमा यो दृष्य घुम्न थालेपछि मेरो दिमागमा एउटा कुराले घर ग¥यो । किन भयो हँ यस्तो ?


    पुख्र्यौली पेशालाई अध्यापि चलाइरहेका जाति विशेषका व्यवसायमा मेरो मन गयो । ती मानिसहरूका अगाडि दुई विकल्पहरू थिए । पहिलो – या त समयले दिएको चुनौतीको सामाना गर्नु या यो पेशालाई तिलाञ्जली दिनु । यो निष्कर्षमा पुगे पछि मलाई हाम्रो शिक्षामा पनि यो बाहेक अर्को विकल्प देखा परेन ।
    हाम्रो मुलुकमै देखिएका करुणा र मृदुला बन्ने बनाइने प्रक्रियाबाट पनि केही सिक्न सके यी तीन तादात्म्यताहरू एकसाथ देख्नु पर्दैनथ्यो कि ! आज पनि करुणालाई कसैले सोध्यो भने मसिनो स्वरमा भन्छिन्, ‘म हिन्दू ।’ तर थाहा छैन उनलाई हिन्ूु हुनु भनेको के हो, तर उनले भुलेर पनि अन्य भन्दिनन् । मृदुलालाई भने सोध्नु अघि नै जवाफ पाइसक्छ । के हामी शिक्षक जीविकोपार्जनका लागि मात्रै यो पेशामा छौं ?


    हामी शिक्षक र सरकारबीचको सम्बन्ध हेर्दा करुणा र मृदुलाहरू जन्मले उही माटोका उत्पादन भएतापनि व्यवहारले कति फरक बाटोका यात्री बनाइरहने भयौं । के हाम्रो मुलुकको शिक्षामा कार्यरत जनशक्ति (नेतृत्वदेखि सामान्य शिक्षकसम्म)ले समयको चुनौतीलाई छामेको छ ? आगे अगुवाहरूको चेतना र रहर ।


    (रेग्मी, आर्ट अफ टिचिङका लेखक र नेल्टा चितवनका पूर्व अध्यक्ष तथा हुन् ।)

    साभार : आजको शिक्षा साप्ताहिक