२०७६ चैत्र २२ गते

कक्षा ११ र १२ को आंशिक परीक्षामा सहभागी हुन चाहनेलाई थप मौका

इपाटी संवाददाता


भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ साल बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ र १२ को वार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुने विद्यार्थीलाई थप मौका प्रदान गरेको छ ।


यसअघि  रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएकोमा बोर्डको मिति २०७६ माघ ७ गतेको निर्णयानुसार रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६५ देखि ७१ सम्म भएका परीक्षार्थीहरुलाई पनि अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको हो ।

Comments: