२०७६ कार्त्तिक २६ गते

परीक्षा दिने अस्थायी शिक्षकलाई प्रत्येक उडानमा दुई टिकट

राजन रावत/हुम्ला




 अस्थायी शिक्षक परीक्षा प्रति हुम्ला जिल्लाको प्रशासन गम्भिर बनेको छ ।  आगामी असार २९ र ३० गते हुने अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा दिन जानका लागि प्रशासनले टिकट उपलब्ध गराउने भएको छ ।

परीक्षा दिन जाने अस्थायी शिक्षकहरुमध्ये प्रत्येक उडानमा  दुईले उड्न पाउने भएका छन । यसवाट शिक्षकलाई केही राहत हुने भएको छ ।

अस्थायी शिक्षकहरुले परीक्षा दिन जान हवाइ टिकट नपाएको भन्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए ।

अस्थायी शिक्षकको ज्ञापन पत्र पछि जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार परीक्षा दिन जान लागेको अस्थायी शिक्षकहरुलाई उच्च प्रथामिकता दिएर आगामी असार २७ गतेसम्म नेपालगंज पठाउने व्यवस्था गर्न सवै एयरलाईन्सहरुलाई पत्राचार गरे पछि प्रति उडान शिक्षकले टिकट पाउने भएका हुन् ।

तर, निजी एयरलाईन्सहरुले पत्र अनुसार शिक्षकहरुलाई भने नपठाएको शिक्षकहरुले गुनासो गरेका छन ।


 परीक्षा आउन एक हप्ता मात्र वाँकी रहँदा परीक्षा स्थल नेपालगंज जान हवाई यातायातको समस्या भए पछि अस्थायी शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेका थिए ।

खराव मौसमको कारण नियमित उडान नहुँनु र भए पनि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुले मात्र टिकट पाउदा अस्थायी शिक्षक समस्या थिए । जिल्लामा तीनै तहका गरेर ९० भन्दा बढि शिक्षक भए पनि ज्ञापन पत्रमा ४५ जना अस्थायी शिक्षकले टिकट समस्याको कारण नेपालगंज यात्रा गर्न नपाएका जनाएका छन ।


Comments: