• बांकी चार क्षेत्रको सामाजिक विषयको नतिजा प्रकाशित
    ()


  • भक्तपुर । शिक्षक सेवा आयोगले सामाजिक विषयकोे नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्नेक्रममा आइतवार चार विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा लागि यहाँ क्लिक गर्नुहोस् ।

    नतिजा अनुसार पूर्वाञ्चलबाट लिखित परीक्षामा सहभागि एक हजार ६६१ जनामध्ये एक हजार ४१३ ले परीक्षा उत्तीर्ण गरेका छन् । मध्यमाञ्चलबाट २ दुइहजार ४३५ जनामध्ये एकहजार ९१३, पश्चिमाञ्चलबाट एकहजार ७८० मध्ये एकहजार ५७१ र मध्यपश्चिमाञ्चलबाट एक हजार २३९ जनामध्ये एक हजार १११ उत्तीर्ण भएका छन् । सुदूरपश्चिमको भने यसअघि नै नतिजा प्रकाशित भइसकेको छ । जसमो लिखित परीक्षामा सहभागि एकहजार १०० जनामध्ये ८९२ जना उत्तीर्ण भएका थिए ।

    गत असार ४ गते सम्पन्न माध्यमिक तहको परीक्षामा १४ विषयका ६ सय ११ पदका लागि गरेको विज्ञापनमा ४० हजारको आवेदन परेको थियो । जसमा ३८ हजारले परीक्षा दिएका थिए ।

    लिखितमा उत्तीर्ण परीक्षार्थीको अन्तर्वार्ता पूर्वाञ्चलको कार्तिक १२ गते, मध्यमाञ्चलको कार्तिक ११ गते, पश्चिमाञ्चलको कार्तिक ११ गते र मध्यपश्चिमाञ्चलको कार्तिक ३ र ४ गते आयोगको केन्द्रिय कार्यालय सानोठिमीमै हुनेछ ।

    गत असार ४ गते सम्पन्न माध्यमिक तहको परीक्षामा १४ विषयका ६ सय ११ पदका लागि गरेको विज्ञापनमा ४० हजारको आवेदन परेको थियो । जसमा ३८ हजारले परीक्षा दिएका थिए ।