२०७६ मंसिर ५ गते

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित


भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा सञ्चालन गरेको माध्यमिक तहको स्थायी शिक्षकको केहि विषयकोे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले विहिबार पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक गरेको हो । अन्य विजषयको नतिजापनि क्रमशः प्रकाशित गर्दै जाने आयोगले जनाएको छ । यसअघि आयोगले असोज पहिलो साता नतिजा प्रकाशित गर्ने जनाएको थियो ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्  ।


खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा अनुसार विज्ञान तर्फ पूर्वाञ्चलमा परीक्षामा सहभागि ५२४ मध्ये २८४ जना उत्तीर्ण भएका छन् । यस्तै मध्यमाञ्चलमा परीक्षामा सहभागि ३२८ मध्ये १६८ जना लिखित परीक्षामा उत्तीर्ण भएका आयोगका प्रशासकिय प्रमुख लक्ष्मिराम पौडेलले जानकारी दिए ।
उनका अनुसार पश्चिमाञ्चलबाट परीक्षामा सहभागि ७९३ जनामध्ये मध्ये ४६५, मध्य पश्चिममाबाट सहभागि १७८ जनामध्ये १२२ र सुदुर पश्चिमबाट सहभागि १४५ जनामध्ये ९९ जना उत्तीर्ण भएका छन् ।


यसै गरी बिहीबार नै सावजनिक भएको कार्यालय सञ्चालन तथा लेखाको नतिजा अनुसार पूर्वाञ्चलबाट सहभागि १२९ जनामध्ये १०९, मध्यमाञ्चलबाट सहभागि ४७७ जनामध्ये ३६९, पश्चिमाञ्चलबाट सहभागि १८८ जनामध्ये १५०, मध्य पश्चिमबाट सहभागि ४१ जनामध्ये ३४ र सुदुर पश्चिमबाट परीक्षामा सहभागि ५४ जनामध्ये ४५ जना लिखित परीक्षामा उत्तीर्ण भएका पौडेलले जानकारी दिए ।


प्रशासकिय प्रम्ख पौडेलका अनुसार विज्ञान विषयको कात्तिक ५ गते र कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ता कात्तिक ६ गते आयोगको केन्द्रिय कार्यालय सानोठिमीमा हुनेछ ।


गत असार ४ गते सम्पन्न माध्यमिक तहको परीक्षामा १४ विषयका ६ सय ११ पदका लागि गरेको विज्ञापनमा ४० हजारको आवेदन परेको थियो । जसमा ३८ हजारले परीक्षा दिएका थिए ।

Comments: