२०७६ माघ ९ गते

सेनाको राष्ट्रिय सेवा दलले विद्यार्थीलाई तालिम दिने

राजन रावत/हुम्ला



दुुर्गमका विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई नेपाली सेनाको राष्ट्रिय सेवा दलले शान्ति सुरक्षा र नैतिकता सम्वन्धि तालिम दिने भएकोछ । विद्यार्थीहरुमा विद्यालय स्तरदेखि नै  अनुुशासन, खोज, उद्धार तथा स्वयं सेवाको भावना बढाउनका लागि उक्त तालिम प्रदान गर्न लागिएकोे हो ।


विद्यार्थीमा दैवि प्रकोप तथा उद्धारका बेला नेपाली सेनाले गर्ने सबै प्रकारका स्वयंसेवाका कामहरु तालिम अवधिमा सिकाइने नयाँ भैरवी दल गुुल्मका गुुल्मपति देवबहादुुर क्षेत्रीले बताए । यसका लागि राष्ट्रिय सेवा दलको टोली काठमाडौंबाट आएर मानसरोवर मावि र बालमन्दिर माविका ३६ जना विद्यार्थीलाई छनौट गरि असार पाँच गतेबाट ७९ दिनको तालिम सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए ।


तालिममा दुवै विद्यालयका गरेर १८ जना छात्र तथा १८ जना छात्राहरुको सहभागिता रहने जनाइएकोे छ ।  २१ दिने क्याम्पिङ सम्बन्धि तालिम भने जिल्ला बाहिर सञ्चालन हुुने भएको छ ।


Comments: