२०७६ मंसिर २३ गते

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी

प्रभा रावत/सुर्खेत



आन्दोलनमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थी तोडफोडमा उत्रिएका छन् ।


 विद्यार्थीले तोडफोड गर्दा विश्वविद्यालयको गाडीको सिसा फुटेको छ भने उपकूलपतिको कार्यालयमा झ्यालका सीसा पनि फुटेका छन् ।


तोडफोडमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । संकाय स्वायत्त हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई विश्वविद्यालयका उपकूलपतिले वार्तामा बोलाएको र वार्ताका लागि पुग्दा वेवास्ता गरेको विद्यार्थीको आरोप छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले विद्यार्थी रामकुमार शाह, निकुञ्ज पाण्डे, न्युटन ओली, केशव खड्का, रामचन्द्र भण्डारी र निर्मल विसीलाई पक्राउ गरेको हो । प्रहरीको लाठीचार्जबाट निकुञ्ज पाण्डेको टाउकोमा ४ वटा टाँका लागेका छन् ।  


Comments: