• 'केही दिनमै पत्रिकामा परीक्षा स्थगित भएको सूचना आउँछ'
    ()


  • सुरेन्द्र अधिकारी
    वरिष्ठ उपाध्यक्ष, संयुक्त अस्थायी शिक्षक केन्द्रिय संघर्ष समिति



    अस्थायी शिक्षकहरु फेरी दोस्रोपटक आमरण अनशन बस्ने आवश्यकता किन पर्यो ?
    हामीले पहिलो चरणको आमरण अनशन आठौं दिनमा शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनकारी अस्थायी शिक्षकहरु बीच असार गएको ९ गते त्रिपक्षिय वार्ताबाट चारबुंदे सहमति भएपछि टुंग्याएका थियौं । सहमतिमा शिक्षामन्त्रीले ऐनसंशोधनको प्रस्ताव संसदमा दर्ता गराएर भाद्र ३ अघि नै ऐन संशोधन गरिसक्ने, शिक्षा ऐनको नवौंसंशोधन मार्फत अस्थायी शिक्षकका माग सम्बोधन गर्ने लिखित र मौखिक सहमति जनाउनुभयो । पछि शिक्षामन्त्री र कर्मचारीहरु शिक्षा ऐन नगर्ने र अस्थायी शिक्षकसँग भएका सहमति शुन्य बनाउने तिर जानुभयो । हामीलाई जर्बजस्ती भाद्र ३ को परीक्षामा धकल्ने र ऐन संशोधन नगर्ने षडयन्त्र शिक्षा मन्त्री र मन्त्रालयले गर्न थालेपछि त्यसपछि बाध्यभएर हामीले दास्रो चरणको आमरण अनशन सहितको आन्दोलन शुरु गरेका हौं । हामीले जीवनमरणको रुपमा दोस्रो आमरण अनशन शुरु गरेका छौं ।

    यो आन्दोलन पनि फेरी सहमतिमा टुंगीने र सहमति कार्यान्वयनका लागि अर्को आन्दोलन गर्नुपर्ने हो ?
    यसपालीको आमरण अनशन पहिले कागजमा भएको चारबुंदे सहमति जस्तै गरेर टुंगिदैन ।  हामीले महासंघ र मन्त्रालयसँग भइरहेका वार्तामा समेत प्रष्टसँग भनेका छौं संसदमा ऐनसंशोधनको प्रस्ताव तत्काल दर्ता हुनुपर्छ र त्यसैको आधारमा भाद्र ३ को परीक्षा स्थगित गरिनुपर्छ । अनिमात्रै हाम्रो आमरण अनशन तोडिन्छ । दोस्रो चरणको अनशन उपलब्धि प्राप्त नभइ सजिलै तरिकाले तुंगीदैन । अब परीक्षा सारेर मात्रै पनि हुँदैन, ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गरेर मात्रै पनि हुँदैन । यि दुवै काम एकै पटक भएमात्रै आन्दोलन टुंगीन्छ । ऐन संशोधन भएपछि मात्रै हाम्रो माग सम्बोधन हुन्छ । अनिमात्रै हामीले कितावहरु किनेर परीषाको तयारी गर्र्नेगरी हाम्रा शिक्षकहरुलाई विद्यालय पठाउछौं ।

    अस्थायी शिक्षकको खास समस्या के हो ?
    हामीले गरेका चारबुंदे सहमतिको पहिलो बुंदामा के भनेका छौं भने  सम्पूर्ण अस्थायी शिक्षकहरुलाई एकपटक आन्तरिक परीक्षाको फारम भर्न दिनुपर्छ । यदी परीक्षामा असफल भएभने उपचार खर्च सहित गोल्डेन ह्याण्डसेक सहित बिदा गरिनुपर्छ । यो भनेको, सर्वोच्च अदालतको २०६६ माघ २४ को परमादेशको आदेशको समेत कार्यान्वयन हो । बुंदा नं २ मा एउटा कार्यदल बनाउने कुरा छ । जहाँ ७ जना अस्थायी शिक्षक २ जना मन्त्रालयका र २ जना महासंघका प्रतिनिधि गरी ११ जनाको कार्यदल बनेको छ । त्यो कार्यदलले भद्र र लिखित गरी एउटा प्रतिवेदन तयार गर्ने र त्यसलाई संशोधनको बुदा नं २ बनाउने र सोही अनुसार ऐनसंशोधनको प्रस्ताव संसदमा पेशगर्ने । यसो गरेमात्रै एन संशोधनको प्रक्रिया अधि बढ्छ । अस्थायी शिक्षकलाई स्थायी बनाउने भन्दा विस्थापीत गर्ने डिजाइनमा जुन पाठ्यक्रम आएको छ त्यसलाई समयसापेक्ष सुधार गर्ने सहमति भएको छ । त्यसको समेत कार्यान्वयन हुनुपर्छ । यि तिनै माग पुरा भएपछि मात्रै देशभरका २६ हजार अस्थायी शिक्षकहरुलाई परीक्षामा सामेल हुन आव्हन गर्छौ ।


    अस्थायी शिक्षकहरुलाई परीक्षादेखि डराएको, फेलभएपनि सुविधा मागेको, असक्षम भएको जस्ता आरोप लाग्ने गरेको छ नि ?
    केहिदिनदेखि केहि राष्ट्रिय पत्रिकाहरुमा अझ बढी कान्तिपुर पत्रिकामा सुनियोजित रुपमा अस्थायी शिक्षकका विरुद्धका समाचारहरु आएका छन् । हाम्रो आन्दोलनलाई कमजोर बनाउन र हामीहरुबीच विभाजन ल्याउन शिक्षक महासंघका केहि पात्रहरुले भ्रामक समाचारहरु टिपाइरहेका छन् । समाचारमा अस्थायी शिक्षकहरु परीक्षाबाट डराएका छन् । परीक्षा दिन चादैनन् । उनीहरुले स्वत्तः स्थायी खोजिरहेका छन् भन्ने गलत समाचारहरु आइरहेका छन् । हामी सम्पूर्ण नेपाली जनता सामु यो भन्न चाहन्छौं कि, हामी स्वत्तः स्थायी हुन चाहेका हाइनौं । हामी पढेर, लेखेरै उत्तीर्णंक ल्याएरै स्थायी प्रक्रियामा जान तयार छौं । यदी हामी असफल भयौं भने हाम्रा दरवन्दीहरु खुला विज्ञापनका लागि लग्दा समेत हामीलाई कुनै आपत्ति छैन । हाम्रो यस्तो जायज र न्यायिक मागलाई बंग्याएर, गलत ढंगले प्रचारप्रसार गरिएको छ । जुन निन्दनीय छ ।


    तपाईहरु शिक्षक महासंघलाई दुश्मन पनि भन्ने र उसैसँग वार्तामा पनि बस्ने गर्दा कसरी सहमति निस्कीएला र ?
    परीक्षा सार्ने विषयमा शिक्षामन्त्रीलाई समेत अफ्ठ्यारो पार्ने गरी प्रचारबाजीहरु गरिए । महासंघको डिजाइनमा । भाद्र ३ को परीक्षा किन स्थगित गर्नुप¥यो भने हामीले प्रष्टरुपमा भन्दै पनि आएका छौं । अस्थायी शिक्षकहरुसँग भएको चारबुंदे सहमतिमा भाद्र ३ अघि ऐन संशोधन गरिसक्ने, शिक्षा ऐनको नवौं संशोधनबाट अस्थायीका सवै माग पुरा गर्ने र अनि मात्रै परीक्षा लिने सहमति थियो । त्यसलाई मन्त्रालयले आलटाल गर्दै नवौं संशोधन नै नगर्ने षडयन्त्रमा लागेपछि, हामीलाई जवजस्र्ती परीक्षामा पेलेर हाम्रा माग पुरा नै नगर्ने दिशामा अघि बढेपछि हामीले शिक्षामन्त्रीलाई केहीदिन परीक्षा सारिदिन र एन संशोधनको क्रिया शुरु गरिदिन भनेका हौं । उहाँले पनि हाम्रो माग अनुसार त्यस विषयमा शिक्षक सेवा आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको हो । पछि महासंघले भाद्र ३ को परीक्षा जसरी नी गर्नुपर्ने र त्यसो नगरे शिक्षामन्त्री कै विरुद्धमा आन्दोलन गछौं भनेर चेतावनी दिएपछि यस्ता समाचारहरु बाहिर आएका हुन् ।


    शिक्षक सेवा आयोगले कुनैहालतमा भाद्र ३ मै परीक्षा गर्ने भनेर लागिरहेको छ नी ?
    शिक्षा मन्त्रालय र आयोगले जतिखेरसम्म परीक्षा स्थगीत भएको सूचना पत्रिकामा प्रकाशन गर्दैनन् । तवसम्म उनीहरुले यो भन्नैपर्छ । ति ठाउँमा हामी भएपनि भन्ने यही हो । जव आन्दोलन र आमरण अनशन अघि बढ्दै जान्छन् । देशभरका अस्थायी शिक्षकहरु आन्दोलित हुनछन् । तव परीक्षाको २४ घण्टा अघि मात्रै भएपनि परीक्षा सार्ने निर्णय हुन्छ । हेर्दै जानुस् केहीदिनमै पत्रिकामा परीक्षा स्थगीत भएको सूचना आउँछ । कुनैहालतमा भाद्र ३ मा परीक्षा हुँदैन । यदी हाम्रा आन्दोलनका विरुद्ध सरकारले संशोधन विनै भाद्र ३ मै परीक्षा गर्ने दुश्साहस ग¥यो भने त्यसको परिणाम सरकारले नसोचेको हुने छ । त्यसको जिम्मेवारी सरकार, शिक्षामन्त्री, आयोगको अध्यक्षले लिनुपर्ने हुन्छ ।

    यो परीक्षाको तयारी गर्ने समय हो की आन्दोलन गर्ने ?
    हामी परीक्षाको तयारी गरेर, परीक्षामा लेखेरै स्थायी हुन चाहन्छौं । तर, हाम्रो उपलब्धि प्राप्त गर्न जुन आन्दोलन र अनशन भयो । त्यसलाई शिक्षा ऐन संशोधन गरेर मात्रै परीक्षा गर्ने जुन सहमति भएको थियो । त्योको कार्यान्वयन नगर्ने सहमति भइसकेपछि भाद्र ३ को परीक्षामा हामी जान्नौं भनेका हौं । परीक्षा देखि भागेर, डराएर आन्दोलनमा गएका होइनौं । हामी त भाद्र ३ को परीक्षामा सहभागी नहुन, अवज्ञा गर्न देशैभरीका अस्थायी शिक्षकहरुलाई आग्रह र अनुरोध गरेका छौं । त्यस किसिमको आट शिक्षामन्त्री र आयोगका अध्यक्ष सँग छैन । शिक्षा एनको संशोधन भए त्यसै भोलिपल्ट हुने परीक्षामा हामी सहभागी हुन्छौं । २ गते संशोधन भए ३ गतेको परीक्षामा हामी सहभागी हुन्छौं । तर, संशोधन अघि परीक्षा गर्ने दुश्साहस भए हामी मरेर भएपनि परीक्षा हुन दिन्नौं ।


    देशभरका अस्थायी शिक्षकहरु त परीक्षा हुने कि नहुने भन्ने दोधारमा छन् ?
    देशभरका अस्थायी शिक्षकहरुलाई यो आग्रह गर्न चाहन्छौं । कि हामीलाई विभेद र विभाजन गर्दै तीनखाले अस्थायी शिक्षक भनेर व्यवहार गरिँदै छ । तर, हामी सवै अस्थायी शिक्षकहरु उकैखाले हौं । सवैको हितका लागि एक नं बुंदामा सहमति भएको छ । देशभरका सम्पूर्ण अस्थायी शिक्षक साथीहरु यस जारी आन्दोलनमा आवद्ध हुनुहोस् भन्ने आग्रह गर्न चाहन्छौं । अहिले परीक्षाका लागि तयारी गर्न आवश्यक छैन किनभने परीक्षा कुनैहालतमा हुँदैन  ।