२०७६ भदौ १ गते

सोमवारबाट हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

राजन रावत/हुम्ला


सोमवारबाट हुम्ला जिल्लाका सबै सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले हुम्ला लगायत हिमाली जिल्लामा चिसोको कारण डेढ महिना मिन पचासको छुट्टी दिएपछि सबै विद्यालय बन्द भएका हुन् ।


आइतबार यस शैक्षिक सत्रको अन्तिम दिन विद्यालय सञ्चालन गरेर शिक्षक तथा कर्मचारीलाई तलब खुवाउने काम गरेर बिदा गरिएको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।


अब विद्यालय आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने र त्यस पछि मात्रै नयाँ शैक्षिक सत्रको सुरुवात हुने उरोकायाले बताए । यसअघि विद्यालयका सबै कक्षाहरुको वार्षिक परीक्षा सञ्चालन गरेर परीक्षाफल पनि प्रकाशित गरिएको उनले बताए ।


हिमपातको कारण अत्याधिक जाडो हुने भनेर साविकको कर्णाली लगायत नौ जिल्लामा  पुस १६ गते देखि आगामी फागुन १ गतेसम्म ४५ दिन मिन पचासको छुट्टी दिएर विद्यालय बन्द गर्ने सरकारी प्रावधान रहेको छ । यो मिन पचासको छुट्टी दिँदै आएको उरोकायाले जानकारी दिए ।


 यद्यपि औपचारिक रुपमा विद्यालय आइतवारबाट बन्द भए पनि दुर दराजको बिद्यालयहरु भने केही दिन अगाडी बाटै बन्द भइसकेका थिए ।


मिन पचासको छुट्टी सुरु भएसँगै हुम्ला जिल्लाका तीनै तहका गरेर एक सय ५१ विद्यालयहरु बन्द भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । जसमा प्रावि ९३ वटा, निमावि ३१ र मावि २७ वटा रहेका र यि विद्यालयहरुमा १७ हजार भन्दा बढि अध्ययन गरि रहेको इकाईले जनाएको छ ।

 बिद्यालय बन्द भए पछि शिक्षकहरु जिल्ला बाहिर झर्ने क्रम सुरु भएको छ भने विद्यार्थीहरु पनि घर तिर लागेका छन् । त्यसै गरि जिल्लामा रहेका छ वटा निजी विद्यालयहरुको पनि एक महिने छुट्टी भएको कैलाश बोधी बोडिङ स्कुलका प्रधानाध्यापक छवाङ लामाले बताए ।

Comments: