२०७६ कार्त्तिक २९ गते

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित

राजन रावत/हुम्ला


        

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । पालिकामा रहेका आठवटै वडाहरु  पूर्ण खोप सुनिश्चित भएपछि सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ ।

गाँउपालिकाका ९० प्रतिशत भन्दा बढि १५ महिनासम्मका बालबालिकाहरुले सात प्रकार खोप ११ प्रकारका रोग बिरुद्ध नियमित लगाउने गरेपछि गाँउपालिकालाई पुर्ण खोप सुनिश्चित गाँउपालिका घोषित गर्न सम्भव भएको जिल्ला अस्पतालका खोप सम्पर्क व्यक्ति मदन तिमल्सिनाले बताए ।

यसबाट सिमकोट गाँउपालिका हुम्ला जिल्ला कै दोस्रो खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । पहिला खोपका कार्यक्रम नभएकोले यो समयमा धेरै बालबालिकाहरुले अकालमा मृत्युवरण गर्नु परेको भए पनि अहिले खोप कै कारण यसरी कुनै बालबालिकाले मृत्युको मुखमा जानु नपरेको पालिका अध्यक्ष पदम वहादुर लामाले बताए ।

हुम्लामा यातायातको पहुँच सहज नभए पनि खोप कार्यक्रम पुर्ण रुपमा सफल भएको जिल्ला अस्पतालका डाक्टर रन्जित कुमार यादवले बताए ।

 गाँउपालिकालाई पुर्ण खोप सुनिश्चित गर्नमा निक्कै योगदान स्वास्थ्य स्वयम सेविकाको रहेको वताउँदै स्वयमसेविका गुहेला रावतले बताइन् ।

 जिल्ला अस्पतालका खोप सम्पर्क ब्यक्ति मदन तिमल्सिनाले सिमकोट गााउपालिकाका वडाहरुको खोपको अवस्थाका वारेमा जानकारी गराएका थिए ।  सिमकोट गाँउपालिका स्याँडा स्वास्थ्य चौकीका इन्चार्ज लवि रावतले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा, विद्यालयका प्रधानाध्यापकहरुबाट बालमन्दिर माविका प्रअ कैलाश रोकाया, वडा अध्यक्ष नर वहादुर भण्डारी सात नम्बर वडाका स्वास्थ्य चौकी इन्चार्ज बसन्त केसी, लगायत मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष वलि रावत, प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठ, वरिष्ठ कृषि विकास अधिकृत डाक्टर चन्द्र प्रसाद रिसाल, कोष प्रमुख राजन रेग्मी, वडा अध्यक्ष, स्वास्थ्य स्वयम सेविका लगाएतको उपस्थिति रहेको थियो । जिल्ला खोप समन्वय समितिले सिमकोट गााउपालिकालाई सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा  सिमकोट गाँउपालिका स्वास्थ्य शाखाले चार जना उत्कृष्ट स्वयम सेविकालाई सम्मान  पत्र प्रदान गरेको थियो ।




Comments: