२०७६ असोज २७ गते

बचतघरदेखि सिद्धबाबासम्म

गुुल्मी । सामुुदायिक विद्यालय भन्नेबित्तिकै पठनपाठनदेखि भौतिक संरचनासमेत स्तरीय हुुँदैन भन्ने आम बुुझाइ छ । यो बुुझाइबाट गुुल्मी पनि अछुुतो छैन । तर यहाँका केही सामुुदायिक विद्यालयले शिक्षाको गुुणस्तरमा मारेको फड्कोले यस्ता बुुझाइलाई विस्तारै ओझेलमा पारिरहेको छ ।


यस्ता केही सामुुदायिक विद्यालयमध्ये सिद्धबाबा उच्च माध्यमिक विद्यालय सम्झनयोग्य नाम हो । जिल्लामा सञ्चालित थुुप्रै सामुुदायिक विद्यालयहरूमध्ये यस विद्यालयले अहिले जिल्लामा छुुट्टै पहिचान बनाएको छ । २०४३ सालमा स्थापना भएको यस विद्यालयको कथा पनि रोचक छ । रेसुुुुुुंगा नगरपालिका खानीगाउँमा सुुरुमा ‘बचतघर’बाट विद्यालयको सुुरुवात गरिएको हो ।


अहिले विद्यालय पाँच रोपनी एक आना क्षेत्रफल जग्गामा विद्यालय फैलिएको छ । भारतीय सेनाबाट अवकाश पाएपछि स्थानीय तिलबहादुुर थापाले विद्यालयको आवश्यकता महसुुस गरी बचत घरबाटै पठनपाठनको थालनी गरेका थिए । विद्यालय अभावमा घरको आँगनमा धूलोमाटोमा खेलेर दिन भुुलाउने बालबालिकाहरू देखेर विद्यालय खोल्न प्रेरणा जागेको थापा बताउँछन् । त्यतिखेर एक कक्षासम्मको अनुुमति लिई सिद्धबाबा प्रावि नामकरण गरियो ।


सुुरुकै वर्ष ७५ जना विद्यार्थी जम्मा भए । ‘गाउँमा खुुलेको विद्यालयमा राम्रो पढाइ हुुन थालेपछि विद्यालय छाडेका सँगैका दौतरी पनि पढ्न आउन थाले’ थापा विगत सम्झन्छन् । विद्यार्थीको संख्या बर्सेनि बढेपछि २०४८ सालमा कक्षा ५ सम्मको पढाइ सुुरु गरियो । विद्यार्थीको उत्तीर्ण प्रतिशत स्थापना कालदेखि उत्कृष्ट रह्यो । २०५५ सालमा एसएलसीमा विद्यार्थी सहभागी गराइएकोमा पहिलो वर्षमै ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यसले विद्यालयको उचाइ अझै थपिदियो ।


२०६१ सालमा कक्षा १२ को समेत पढाइ सुुरु गरेको विद्यालयमा पहिलो वर्ष शिक्षा र मानविकी संकायमा पढाइ सञ्चालन गरियो । यस तहमा सुुरुकै वर्षमा दुुई सय ६१ जना विद्यार्थी भर्ना भए । ‘जुुन विद्यार्थी संख्या हामीले अनुुमान गरेको भन्दा दोब्बर थियो’ विद्यालयका प्राचार्य डोरविक्रम श्रीष भन्छन् । विद्यालयमा अहिले विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयको समेत पढाइ भइरहेको छ । सबै कक्षामा गरेर एक हजार चार सय विद्यार्थी अध्ययनरत छन् ।


जिल्लाकै सबैभन्दा धेरै विद्यालय
गुुल्मीमा सञ्चालित सामुुदायिक विद्यालयहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी यही स्कुुलमा अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालय गुुल्मीको तथ्यांकले बताएको छ । विद्यालयको शैक्षिक गुुणस्तरमात्रै नभई भौतिक संरचनासमेत उत्तिकै बालमैत्री छन् । विद्यालयको पाँचवटा आफ्नै भवन छन् । एउटा भवन निर्माणाधीन अवस्थामा छ ।
विद्यालयको हाल करिब दुुई करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति रहेको व्यवस्थापन समितिले बताएको छ । ‘भौतिक संरचना निर्माण वा अन्य कुुनै समस्या प¥यो भने स्थानीयवासीले बैंकमा लालपुुर्जा राखेरै भए पनि सहयोग गर्नुुभएको छ’ प्राचार्य श्रीष भन्छन्, ‘विद्यालयको गुुणस्तरबाट प्रभावित भएर धेरै संघसंस्थाहरूले समेत भवन निर्माण गरिदिएका छन् ।’


विद्यालयमा हाल ४० जना शिक्षक र चारजना कर्मचारी कार्यरत छन् । यसमध्ये १९ जना शिक्षकहरू सरकारी छन् । अन्य शिक्षक एवं कर्मचारी तलब अभिभावकहरूको सहयोग र चन्दाबाट धानिएको छ ।


यस कारण शैक्षिक गुुणस्तर
स्थापनाकालदेखि नै विद्यालयमा कुुनै दल निकटका भ्रातृ संगठनहरूको संलग्नता छैन । अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक वा विद्यार्थी कसैले पनि कुुनै राजनीतिक स्वार्थ नराखी निरन्तर विद्यालयको प्रगतिका लागि लागिपरेका छन् । जुुन अन्य विद्यालयका लागि समेत प्ररेणादायी बनेको छ । शिक्षकहरूमा जागिरमात्रै आफ्नो पेसा हो भन्ने सोचाइबाट टाढा रहेर विद्यालयको उत्कृष्टता नै हामी सबैको इज्जत हो भन्ने मान्यता राखेर काम गरिरहेका छन् ।


प्राचार्यको लचिलो र मायालुु व्यवहार, बिहान ५ देखि बेलुुका ९ बजेसम्म विद्यालयमा निरन्तर खटाइका कारणले शिक्षकहरूमा अभिभावकत्व र विद्यार्थीमा आत्मीयता स्पष्ट झल्किएको देख्न पाइन्छ । समुुदाय र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले व्यक्तिगत स्वार्थ नराखी विद्यालयको हितमा निरन्तर अनुुगमन, विद्यार्थीको अवस्था र सल्लाह सुुझावले थप ऊर्जा थपेको शिक्षक टीका खड्का बताउँछन् । ‘व्यवस्थापन समिति क्रियाशील छ’ खड्का भन्छन्, ‘उहाँहरू नियमित रूपमा विद्यालयको अनुुगमनमा आउनुुहुुन्छ । हामीसँग सल्लाह गर्नुुहुुन्छ । जसले हामीलाई थप जिम्मेवार बनेर काम गर्न ऊर्जा थपेको छ ।’


विद्यार्थीको पढाइलाई थप गुुणस्तर बनाउन स्मार्टबोर्डको व्यवस्था गरिएको छ । विद्यार्थीलाई सीधै प्रोजेक्टरबाट ठूलो पर्दामा नियमित पढाउने गरिएको छ । २०५९ सालदेखि अंग्रेजी माध्यमको पढाइ साथसाथै कम्प्युुटर ल्याब र ई—लाइब्रेरीको व्यवस्था गरिएको छ ।हाल कक्षा १२ सम्मकै विद्यार्थीले कम्प्युुटर शिक्षा लिन पाएका छन् । विद्यार्थीमा पठन संस्कृति र अन्य ज्ञान क्षमता विकासका लागी लाइब्रेरीमा सामान्यज्ञान, जीवनी र ऐतिहासिक करिब आठ हजार पुुस्तक राखिएका छन् । पुुस्तकहरू विद्यार्थी स्वयं आफैंले जन्मदिनमा खर्च गर्ने पैसाबाट बचाएर किन्ने गरेका छन् । पुुस्तकहरू तहगत रूपमा विद्यार्थीले वाचनालयमा गएर आलोपालो पढ्ने व्यवस्था गरिएको छ । पढेर सिकेको कुुरालाई प्रार्थनामा वा कक्षाकोठामा साथीहरूसँग अनिवार्य भन्नै पर्ने नियम बनाइएको विद्यालयले जनाएको छ ।


फलस्वरूप एक विद्यार्थीले सिकेको कुुरा सबैलाई जानकारी हुुने र पढे, नपढेको थाहा हुुन पाएको शिक्षकहरू बताउँछन् । बच्चाहरूको व्यक्तिगत वा शैक्षिक क्रियाकलापको फाइलिङ गरी वार्षिक रूपमा अभिभावकलाई बुुझाउने व्यवस्था गरिएको छ । वर्षको दुुईपटक शिक्षक प्रत्येक अभिभावकको घरमा अनिवार्य पुुग्ने गर्दछन् । विद्यार्थीले घरमा र विद्यालयमा गरिने क्रियाकलापको बारेमा जानकारी आदानप्रदान गरी सुुधार गर्नुु परे आवश्यकताअनुुसार योजना बनाएर अगाडि बढ्ने गरिएको प्राचार्य श्रीष बताउँछन् ।


कक्षागत रूपमा अनिवार्य बैठक, टोलटोलमा शिक्षकजस्ता क्रियाकलाप सञ्चालन गरिएको छ । अभिभावक, शिक्षक र विद्यार्थीको मनोबल बढाउन वार्षिकोत्सवमा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक र विद्यार्थी छनोट गरी सम्मान गर्ने गरिएको छ । शिक्षक बीचमै आन्तरिक तालिमको व्यवस्था गरी क्षमता अभिवृद्धि र पुुनर्ताजकी गर्ने व्यवस्था छ । विद्यार्थीलाई गृहकार्य डायरी, शिक्षकलाई पाठयोजना डायरी र मिनिलेसन प्लान अनिवार्य बनाउनुुपर्ने नियम छ । कमजोर विद्यार्थीलाई उपचारात्मक शिक्षण पद्धतिको प्रयोग गरी अन्य विद्यार्थी सरह शिक्षण सिकाइ गरिन्छ । प्राथमिक उपचार बाहेक विद्यार्थीको वार्षिक रूपमा स्वास्थ्य र आँखा परीक्षण गर्नाले शिक्षण सिकाइमा वृद्धि भएको छ ।


विद्यालय सुुधार योजना, शिक्षण सुुधार, सिकारु सुुधार र अभिभावक सुुधार योजनामा आधारित भएर अगाडि बढिरहेको छ । विद्यालयमा बालमैत्री फर्निचर, छात्रामैत्री शौचालय र महिनाबारीमैत्री बनाइएको छ । छात्राहरूलाई महिनावारी हुुँदा स्यानेटरी प्याडको निःशुुल्क व्यवस्था गरिएको छ । साथै उनीहरूको सहजताको लागि फोकल पर्सन शिक्षिकासमेत तोकिएको छ । अतिरिक्त क्रियाकलापमा पनि विद्यालय त्यति नै अगाडि रहेको छ । विद्यार्थीको प्रत्यक्ष संलग्नता र नेतृत्व विकासका लागि रेडक्रस, स्काउट, बालक्लब, इकोक्लब, सांस्कृतिक क्लब, राष्ट्रिय सेवा दल र अतिरिक्त क्रियाकलाप सहयोग समितिलगायतका समूह सक्रिय छन् ।


विद्यालयमा लघुुसंग्रहालय
गाउँमा लोप हुुन लागेका घरेलुु सामग्रीको संरक्षण र विद्यार्थीको सिकाइमा वृद्धि गर्ने उद्देश्यले लघुुसंग्रहालयको समेत स्थापना गरिएको छ । परापूर्वकालमा प्रयोग गरिने ठेकी, डोको, मानापाथीजस्ता सामग्री संग्रहालयमा राखिएको छ । विद्यार्थीले पुुस्तकमा चित्रमात्रै देख्ने भएकोले प्रत्यक्ष यी सामग्री देखाउँदा प्रभावकारी हुुने भएकाले संग्रहालय स्थापना गरिएको विद्यालयले बताएको छ । यस्ता सामग्री विद्यार्थीले घरमा आवश्यक नभएको बखत विद्यालयमा संकलन गर्ने गर्दछन् ।


भविष्यमा विद्यालयलाई सूचना र प्रविधिमैत्री बनाउने योजना तयार भएको छ । प्राचार्य श्रीष भन्छन्, ‘व्यावसायिक र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर विज्ञान संकायलाई उत्कृष्ट बनाउने र लाइब्रेरीमा अभिभावकलाई पनि स्थान दिने योजना छ ।’ अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: